२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

२०८०, ३० श्रावण मंगलवार ०३:१७

साउन ३०, काठमाडौं | लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् ।

कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल कुमारी, नेपाल इन्भेष्टमेण्ट मेगालगायत बैंकले घर कर्जाका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् । अन्य बैंक पनि यस्ता योजना ल्याउने तरखरमा छन् ।

बजारमा कर्जाको माग नै नहुँदा बैंकरहरू तनावमा छन् । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ५६ खभन्दा बढी निक्षेप छ। यसमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ४९ खर्ब ३२ अर्ब रुपैयाँ छ ।

निक्षेप बढ्दै जाँदा कर्जा विस्तारको अवस्था निराशाजनक छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपबाट ४८ खर्व ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूबाट ४२ खर्व ९३ अर्व रुपैयाँ कर्जा विस्तार भएको छ।

बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.५८ प्रतिशत छ। यसअनुसार बैंकहरुसँग करिव ४ खर्बभन्दा बढी रकम लगानीयोग्य छ । बैंकिङ प्रणालीमा रकम थुप्रैदै गए पनि कर्जाको माग नवढेपछि निजी क्षेत्र, बैंक तथा सरकार सबै तनावमा छन्।

अर्थतन्त्र सुस्त बन्दै जाँदा मनोबल नबढेको भन्दै निजी क्षेत्रले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै आइरहेको छ ।बैंकहरूले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याइरहेका छन् ।

कतिपय बैंकको व्याजदर एकल अंकमै छ। साउनदेखि नै राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमा घर कर्जा दिइरहेको छ। यो समाचार कारोबार दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार