2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन महँगियो गोलभेंडा ९३० प्रतिशतले ?

भदौ १, काठमाडौं | उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।

मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ‘अफ सिजन’ चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ । 

त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गिताप्रसाद आचार्यले यतिखेर भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजन चलेकाले उत्पादन घट्न गई कालीमाटीमा आपूर्ति कम हुँदा मूल्य आकाशिएको बताए । 

यसबाहेक भारतमा गोलभेंडाको उत्पादन घटेर मूल्य बढेपछि नेपाली किसानले महँगोमा बेच्न भारततर्फ निर्यात गरिरहेका छन् । यसले पनि नेपाली बजारमा मागभन्दा कम आपूर्ति भई मूल्य बढेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६० देखि ६५ टन गोलभेंडा भित्रिन्छ । तर, अहिले ३५ देखि ४० टन मात्रै भित्रिने गरेको छ । अघिसम्म भारतले केही नेपाली गोलभेंडा आफ्नो देशमा आयात गर्न प्रतिबन्ध लगाएको थियो । अभाव भएसँगै भारतले प्रतिबन्ध फुकुवा गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई