2026-06-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दाइलाई प्रहार गरेको चक्कु खोज्न गएका भाइ मृत फेला

भदौ १४, काठमाडौँ | सोमबार बेलुका प्राय: शान्त रहने दाङको दंगीशरण गाउँपालिका–२ गोलटाकुरी गाउँ अशान्त बन्यो। गोलटाकुरी अशान्त बन्नुको कारण सहोदर दाजु भाइ बीचको झगडा थियो ।

सँगै मदिरा सेवन गरेका ७५ वर्षीय दाइ देवबहादुर पुन र ५२ वर्षीय भाइ कर्णबहादुर पुन मातेपछि बाझाबाझ गरे। उनीहरूबीचमा कुटाकुट भयो। भाइले दाजुलाई चिरपटले घुँडा मुन्तिर प्रहार गरे। आक्रमणबाट दाजु देवबहादुरको खुट्टामा घाउ लाग्यो। यद्यपि घाउ भने ठूलो थिएन। यो घटना बेलुकी झन्डै साढे ८ बजेतिरको थियो। 

मंगलबार राति २ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरियो। गोल्टाकुरी प्रहरी चौकीबाट प्रहरी खटियो। केहीबेरमै दाजु कुटेका आरोपित भाइ कर्णलाई प्रहरीले नियन्त्रणमा लियो। 

गोलटाकुरी प्रहरी चौकीका प्रमुख असई इन्द्र जिसीका अनुसार कर्णलाई बिहान ४ बजेतिर थुनामा राखिएको हो।

मंगलबार पुन परिवारको देउता (देवाली) पूजा थियो। त्यही भएर थुनिएका काका कर्णलाई छोडिदिन आग्रहसहित भतिज विराज पुन प्रहरी चौकी पुगे। विराजको जिम्मा जमानीमा बिहान ८ बजेतिर कर्णलाई प्रहरीले छोड्यो।

उपचार खर्च व्यहोर्ने विषयमा लगभग कुरा टुंगिएको भए पनि पूजा सकिएपछि फेरि छलफल गर्ने सहमति भएको थियो।

पुनको घर परिवारले आपसमा मिलेरै देवाली पूजा पूरा गरे। विराजका अनुसार प्रहरीको आग्रहमा फेरि उनले काकालाई छलफलका लागि चौकी पुर्‍याए।

दाजुभाइ बीचको सामान्य कुटाकुटको झगडामा गाउँ पक्ष र विपक्षमा विभक्त बन्यो। गाउँले अधिकांश दाजुको पक्षमा बोले भने भाइको पक्ष पनि केही उभिए।  

प्रहरी चौकीको कचहरीमा भाइ कर्णले दाजु देवबहादुरलाई चक्कुले प्रहार गरेको तथा उनले त्यसपछि पनि चक्कु देखाएर गाउँ घरलाई त्रसित पारेको भन्दै गाउँले केही महिलाले चर्को बोले। कर्णमाथि कुनै पनि हालतमा कडा कारबाही हुनुपर्ने माग राखे।

त्यसपछि प्रहरीले कर्णलाई दाजुमाथि प्रहार भएको चक्कु खोजेर तुरून्त ल्याउनु भन्दै पठायो। चक्कु खोजेर ल्याउने शर्तमा कर्ण प्रहरी चौकीबाट निस्किए।

गोलटाकुरी प्रहरी चौकीका प्रमुख ईन्द्र जिसीले पनि छलफलको निष्कर्ष अनुसार कर्णलाई चक्कु खोजेर ल्याउन भनेर पठाइएको कुरा सेतोपाटीसँग स्वीकारे।

झगडामा सामेल दुई पक्षमध्ये एउटा पक्ष बेलुकासम्म गोलटाकुरी प्रहरी चौकीमा कर्ण चक्कु लिएर आउलान् र त्यसपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँला भनेर प्रतीक्षारत थिए।

तर, कर्ण वाचा गरेअनुरूप आएनन्। बेलुका अबेर हुन थालेपछि त्यहाँ बसिरहेका एक पक्षलाई  बुधबार थप छलफल गर्ने भनेर प्रहरीले सम्झाइ-बुझाइ गरी घर पठाएको असई जिसीले बताए।

चक्कु खोज्न निस्किएका कर्ण त्यो दिन राति घर पनि गएनन्। प्रहरीका अनुसार सम्पर्क गर्नलाई न उनको घरमा मोबाइल थियो न त कर्णसँगै नै।

बिहानसम्म पनि उनको अत्तोपत्तो भएन। 

सोही दिन दिउँसो कर्णको शव घरभन्दा झन्डै एक हजार मिटर टाढा खोलाको एक रूखमा झुण्डिएको अवस्थामा फेला पर्‍यो।

प्रहरी प्रमुख ईन्द्र जिसीका अनुसार प्रहरीले उनी झुण्डिएको खबर बुधबार दिउँसो ३ बजेतिर पाएको थियो।

दंगीशरण –२ का वडाध्यक्ष डम्मर खत्रीले त्यो खबर पाए।

प्रहरीकै गल्ती र कमजोरीका कारण कर्णबहादुरले आत्महत्या गरेको दोषारोपन गर्न थालियो।

आरोप चर्को बन्दै परिस्थिति असहज बन्ने देखिपछि गोलटाकुरी प्रहरी चौकीका प्रहरी प्रमुख असई ईन्द्र जिसीलाई तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरमा सारियो।

कर्णबहादुरका भतिज विराज पनि स्थानीय केही महिलाको उक्साहटमा प्रहरीले जसरी पनि दाजु  देबबहादुरमाथि प्रहार भएको चक्कु खोजेर ल्याऊ भनेर दबाब दिएको र खोज्न एक्लै पठाउने कमजोरी गरेको दोषारोपन गरे।

‘यहाँ चक्कु प्रयोग भएको भए पो ल्याउनु ,’ विराजले प्रश्न गरे, ‘प्रयोग नै नभएको चक्कु उहाँले कहाँबाट ल्याउन सक्नु हुन्थ्यो र?’

विराजका अनुसार स्थानीय दुई महिलाले प्रहरी चौकीमा कर्णबहादुरले चक्कु देखाएर समाजलाई त्रसित र आतंकित पारेको भनेर झुटो कुरा गरेको र त्यसैका आधारमा प्रहरी अधिकारीले काकालाई चक्कु खोजेर जसरी पनि ल्याउनू भनेर दबाब दिएको दाबी गरे।

‘चक्कु खोज्न प्रहरी पनि सँगै जानुपर्ने होइन? कुनै आरोपित व्यक्ति आफैंले अरूलाई आक्रमण गर्न प्रयोग गरेको चक्कु लिएर चौकी फर्किन्छ भन्ने पत्याउने प्रहरी मूर्ख हैनन्?,’ विराजले भने, ‘प्रहरी हिरासतमा थुनेपछि सामान्य मानिस आत्तिन्छ, आतिन्न, त्यसैले काका मृत्यु मार्ग रोज्न बाध्य हुनु भयो।’

गाउँपालिका अध्यक्ष शम्भु गिरीले पनि प्रहरीकै कमीकमजोरीका कारण कर्णबहादुरले आत्महत्या गर्न बाध्य भएको भनेर स्थानीयले भनिरहेको हुँदा कमजोरी गर्ने प्रहरीमाथि अनुसन्धान हुनुपर्ने माग गरे।

 प्रहरी अधिकारी भने कर्णबहादुरको आत्महत्यालाई गिजोल्न स्थानीय राजनीतिक दलहरू र केही जिम्मेवार जनप्रतिनिधिले पनि गलत कुरा बोलिरहेको बताउँछन्।

‘दाजुभाइ आपसमा मातेर भएको कुटाकुटमा हामी मिल्छौं र हाम्रो घरमा देवाली पूजा छ छोडिदिनुस् भन्ने आग्रहमा प्रहरी मान्नुपर्छ कि नाइँ?’ , एक प्रहरी अधिकारीले भने, ‘यदि भनिएको जस्तै घटनामा चक्कु प्रयोग भएको हो र त्यो कसैले देखेको छ भने आरोपित सँगै लिएर आउनू भनेर पठाउनु कसरी प्रहरीको कमजोरी हुन्छ?’

सधैं मदिरा खाने र प्राय: घर परिवारमा पनि झैंझगडा गरिरहने कर्णबहादुर आफैंले गरेको आत्महत्याको घटनामा प्रहरीलाई दोष लगाउनु अन्याय हुने उनले बताए।

कर्णबहादुरको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमर्टमको तयारी भइरहेको र पोष्टमर्टमपछि आफन्तले शव बुझेर घर लैजाने इप्रका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी