2026-09-18 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गाँजा र चरेस हङकङ पुर्‍याउन किताबको प्रयोग!

भदौ २२, काठमाडौँ | हङकङबाट सुन तस्करी गरेर त्रिभुवन विमानस्थलबाटै नेपाल भित्राइरहेको घटनाको अनुसन्धान नसकिँदै नेपाल प्रहरीले तस्करीको अर्को घटनाको तथ्य बाहिर ल्याएको छ।

हङकङबाट सुन तस्करी भएर त्रिभुवन विमानस्थलबाटै आउने र त्रिभुवन विमानस्थलबाटै गाँजा र चरेस तस्करी भएर हङकङ जाने गरेको तथ्य बाहिर आएको हो। प्रहरी स्रोतका अनुसार पुस्तक पठाउने बहानामा लागु औषध हङकङ पुर्‍याइएको हो। ‘बुक कभरमा लागु औषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नेपाल प्रहरीका एक अधिकारीले भने।

कार्गो कम्पनीहरूले भन्सार र प्रहरीलाई प्रभावित पारेर वा विश्वासमा लिएर सामान पठाउँदा यस्तो अवस्था आएको ब्युरो स्रोतले जनाएको छ। विराट ग्लोबल प्राइभेट लिमिटेडले पठाएको सामानमा गाँजा र चरेस भेटिएको विवरण हङकङ प्रहरीले दिएको छ। साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाल प्रहरीका अधिकारीलाई गाँजा र र चरेस बरामद भएको जानकारी गराएको भए पनि यसलाई गुपचुप राखिएको थियो।

नेपालबाट तस्करी भएर गएको गाँजा र चरेस हङकङमा बरामद भएको पाइएको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो। साउन २६ गते विमानस्थल कार्गो चेकिङमा वरिष्ठ सई निरञ्जन पनेरुको ड्युटी थियो। प्रहरी सहायक निरीक्षक (असई) द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवलदार निरकुमारी राई र प्रदीप बस्नेत पनि त्यहाँ ड्युटीमा खटिएका थिए। कार्गोमार्फत सामान पठाउँदा लागु औषध ब्युरोले पनि जाँच गर्छ। तर कार्गोको सामानमा कसरी लागु औषध गयो भन्नेमा प्रहरी अनभिज्ञ छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीले हङकङ प्रहरीसँग सहयोग मागिरहेका बेला नेपालको विमानस्थल भएर लागु औषध त्यहाँ पुर्‍याइएको हो। यस विषयमा हङकङ प्रहरीले नेपाल प्रहरीसँग चासो राखेको छ। ‘सुन तस्करी अनुसन्धानमा सहयोग माग्न हाम्रो प्रहरी त्यहाँ (हङकङ) पुगेको छ।

हङकङ प्रहरीले नेपालबाट गएको गाँजा र चरेस बरामद भएको जानकारी गराए पनि परिमाणचाहिँ खुलाएको छैन।  लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी गोविन्द थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरी हङकङ पुर्‍याइएको गाँजा र चरेसबारे डिएसपीको नेतृत्वमा छानबिन भइरहेको बताए।  

‘सुरक्षा जाँचमा कसरी त्रुटि भयो, प्रहरीको त्रुटि भयो कि भन्सारको भन्नेबारे छानबिन भइरहेको छ। अहिले प्रहरीका तर्फबाट मात्रै हामीले छानबिन गरिरहेका छौँ’, थपलियाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई