Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कहाँ गइन् नाबालक छोरासहित गीताकुमारी ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २३, कालिकोट | कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् ।

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी गीताकुमारी छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । उनी केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।

गत राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । ‘खाना खाएर सुत्न कोठा गएका थिए,’ सुवेदी होटलका सञ्चालक नमराज सुवेदीले भने, ’पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरू नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने आशंका गरे ।

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले हराएको खबर आएपछि अनुसन्धान थालेको बताए । उनले उनका सौता रञ्जना शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए । डिएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ |

मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न दिइएको थिएन । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकाले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने उनकी फुपु नाता पर्ने अर्मिता न्यौपाने बताइन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।