Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नेपालको पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २७, काठमाडौँ |</b> नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।&nbsp;<br></p><p>क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उनी सो क्याम्पसको ३३ औँ प्रमुख बनेकी छन् । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आईएससी र त्यसपछि बीएससी अध्ययन गरेकी डा. श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेकी छन् । उनले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गरेकी थिइन् ।</p><p>आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् । यो समाचार <b>गोरखापत्र दैनिक</b>मा छ ।</p>