२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारमा जाँदा म्यानपावरलाई तिर्नपर्ने शुल्क बढाउने निर्णय, एक महिनाको तलब बराबर हुने

२०८०, ३ आश्विन बुधबार ०५:५२

असोज ३, काठमाडौँ | सरकार म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगार कामदारबाट लिन पाउने सेवा शुल्कलाई वृद्धि गर्ने निष्कर्षमा पुगेको छ । सेवा शुल्क वृद्धि गर्ने निष्कर्षसँगै वैदेशिक रोजगारी जाने युवाहरुसँग म्यानपावरहरुले एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क लिन पाउने निर्णय भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम आप्रवासनका विषयमा छलफल गर्न गत साता विभिन्न १३ वटा मुलुकका राजदूतहरूलाई काठमाडौं बोलाएर वैदेशिक रोजगारको विद्यमान समस्या समाधान लगायत बिषयमा छलफल चलाएका थिए ।


यसै क्रममा वैदेशिक रोजगारको लागत सम्बन्धि निर्णय भएको छ । बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गरि यस सम्बन्धमा जानकारी दिने तयारी भएपनि श्रम रोजगार क्षेत्रका पत्रकारहरु उक्त दिन अर्कै कार्यक्रममा उपत्यका बाहिर रहेका कारण पत्रकार सम्मेलन स्थगित भएको थियो । त्यस लगत्तै लगातार सार्वजनिक बिदा परेको कारण छलफलका बिषयहरुलाई सार्वजनिक गरिएको छैन । 

छलफलमा विदेशस्थित नियोग प्रमुखसहित श्रम मन्त्रालय, पराराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय बैठकले विभिन्न ४७ बुँदामा छलफल गरेको थियो । निर्णयको बुदाहरुमा शुल्क वृद्धिको विषय समेत समेटिएको छ । उक्त छलफलमा म्यानपावर व्यवसायीको लिने पाउने शुल्कको वृद्धि गरिने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले बताएका हुन् । उक्त बैठकमा म्यानपावरहरुले लिन पाउने '१० हजार सेवा शुल्क' व्यावहारिक भएन भन्ने निष्कर्ष रहेको थियो । सरकारले शुल्क वृद्धिको सम्बन्धमा म्यानपावर व्यवसायीहरुसँग बसेर छलफल गरेपछि निर्णय लिने बताइएको छ । 

पछिल्लो समय नेपाल सरकारको नीति बिपरित वैदेशिक रोजगारमा जाने युवाहरुले चर्को लागत तिरेर वैदेशिक रोजगारमा गईरहेका छन् । २०७२ साल असारमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले वैदेशिक रोजगारमा जाने युवाहरुले खाडीका ६ राष्ट्र र मलेसिया रोजगारमा नेपाली कामदार पठाउँदा बढीमा १० हजार मात्र लिन पाउने निर्णय गरेका थिए । उक्त निर्णयको बिरोधमा तात्कालिन समयमा म्यानपावर व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए । म्यानपावर व्यवसायीहरुले सरकार समक्ष एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउँ भनि अनुरोध गरे पनि सरकारले उनीहरुको माग सम्बोधन गरेको थिएन । त्यस यता वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले १० हजारको रसिद दिएर श्रमिकबाट  मनपरी लागत अशुल्दै आएका छन् । जसका कारण श्रमिक स्वदेश फर्केको अवस्थामा आफूले भुक्तानी गरेको रकम नपाउने तथा सरकारले राजस्व पनि गुमाउँदै आएको अवस्था छ । पछिल्लो पटक श्रममन्त्री शरतसिंह भण्डारीले सेवा शुल्क पुनरावलोकन गर्ने विषयलाई आफ्नो मन्तव्यमा पटक-पटक जोड्दै आएका थिए । त्यस्तै पुर्ब श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले फ्री भिसा फ्री टिकटको नीति व्यवहारमा नरहेको भन्दै त्यसको परिमार्जनको लागि प्रयास भईरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो