२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

खुँडा हानेर हत्या गरेपछि फरार भएका रिगलले घैँटेको इन्काउन्टरपछि आत्मसमर्पण गरेका थिए

२०८०, ४ आश्विन बिहीबार ०८:०८

असोज ४, काठमाडौँ | व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइके योग ढकाललाई सरकारले माफी दिएर छुटेपछि सर्वत्र आलोचना भइरहेको छ ।

४० प्रतिशत सजाय भुक्तान गरेका रिगललाई बुधवार संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिएका हुन् ।


रिगलले घटना भएको झन्डै डेढ महिनापछि अदालतमा आत्मसमर्पण गरेका थिए । २०७२ असार २८ गते नेपालगन्जको धम्बोजीचोकमा स्थानीय २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार भएको थियो । रिगलकै योजना र निर्देशनमा उक्त घटना भएको प्रहरीको दाबी थियो । मानन्धरको पछि मृत्यु भएको थियो ।

२०७२ भदौ ७ गते बाँके जिल्ला अदालतमा रिगलले त्यत्तिकै आत्मसमर्पण भने गरेका थिएनन्। तत्कालीन अपराध महाशाखाको टोलीले कुमार श्रेष्ठ ‘घैँटे’ लाई काठमाडौंमा इन्काउन्टर गरेपछि पश्चिम नेपालमा गुन्डाराज चलाइरहेका रिगलले आफूलाई असुरक्षित महसुस गरेका थिए ।

२०७२ भदौ ३ गते काठमाडौंमा घैँटैको इन्काउन्टर भएको थियो । पश्चिम नेपालमा उनी प्राय बस्ने गरे पनि काठमाडौंका समीरमान बस्नेतलगायतका गुन्डा नाइकेसँग उनी नजिक रहेको बताइन्छ ।

प्रहरी अधिकारीहरू नेपालगन्जमा हत्या गरेर फरार भएपछि रिगललाई समीरमानले नै संरक्षण दिएर राखेको बताइन्छ । चरीको इन्काउन्टर भएपछि दबाब थेग्न नसकेर रिगल आफै अदालत उपस्थित भएको अधिकारीहरू बताउँछन् । त्यसअघि रिगल नेपाली कांग्रेसको तरुण दलमा आबद्ध थिए ।

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गर्दा रिगलले आफ्नो गुन्डाराज सुरु गरेको बताइन्छ ।

ठेक्कापट्टा र हप्ता असुलीमा उनको नेपालगन्ज क्षेत्रमा आतङ्क थियो । २०७० सालमा एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरेको घटनामा पक्राउ परेका उनी त्यतिबेला सजिलै छुटेका थिए ।

काठमाडौंमा अर्का गुन्डा ‘घैँटे’ पनि इन्काउन्टरमा मारिएपछि गुन्डाहरूको भागाभाग भएको थियो। २०७१ साउनमा महाशाखाको टोलीले दिनेश अधिकारी चरीलाई पनि इन्काउन्टर गरेको थियो ।

पछि समीरमान बस्नेत र मनोज पुनले भारतमा बसेर नेपालमा आतङ्क मच्चाएका थिए । काठमाडौंमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या उनीहरूकै योजनामा भएको थियो ।

मनोज पछि प्रहरी इन्काउन्टरमा मारिए भने बस्नेतलाई पक्राउ गरेर काठमाडौं ल्याइएको थियो । बस्नेत अहिले कैद सजाय काटिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले