2026-09-19 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

असोज २१ बाट सञ्चालनमा आउने सहुलियत पसलमा कुन सामानमा कति छुट ?

असोज ११, काठमाडौँ | सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । 

सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको उहाँले जानकारी दिनुभयो । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको उनले जानकारी दिए।

पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्यवस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसन  र दुग्ध विकास संस्थानमार्फत वितरण हुने दैनिक उपभोग्य सामानमा सहुलियत मूल्यमा वितरण गरिने छ ।   

मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजीरप्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमीरगेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टेड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो ९७ रुपियाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई