Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अमेरिका हिँडेका दाङका पाँच युवा इथियोपियामा एक वर्षदेखि बन्धक

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असोज १८, काठमाडौँ | अमेरिका हिँडेका पाँच नेपाली युवा अफ्रिकी मुलुक इथियोपियाको राजधानी आडिसबाबाको एक होटलमा झण्डै एक वर्षदेखि बन्धक छन् । उनीहरू सबै दाङका हुन् ।

मिडियामा आफ्नो पूर्ण परिचय नखुलाइदिन आग्रह गरेका पाँच जना भण्डारी, योगी, डाँगी थरका हुन् । आफूहरूलाई रुकुम स्थायी घर भई हाल बानेश्वरको मित्रनगर बस्ने प्रवीण गिरीले पर्यटक भिसामा अमेरिका पठाउने भन्दै जनही ३५ लाख लिएर २०७८ साउन महिनामा दिल्लीहुँदै दुबई पुर्‍याएर सात महिना राखेको पीडितहरूले बताएका छन् ।

त्यसपछि उनीहरूलाई दलालले सजिलो रुट र अनलाइन भिसा लाग्ने देश खोज्दै गत वर्ष साउन महिनामा तीन दिनभित्र अमेरिका पुर्‍याउने सर्तमा इथियोपियाको अडिसाबाबा भन्ने होटलमा पुर्‍याएका थिए । त्यहाँ लग्नुअघि एजेन्ट गिरीले पहिल्यै २३ जना युवालाई राखेका थिए । इथियोपिया पुगेकाहरू महिनौँ बितिसक्दा पनि गन्तव्यमा पुग्न नसकेपछि तीमध्येका केही नेपाल फर्किए भने धरैलाई ब्राजिल, मेक्सिकोलगायतका देशमा पठाइयो ।

दाङका ती युवाहरूको होटलमा दशौँ लाख खर्च भइसकेको थियो । बिलको रकम बढी भैसकेपछि होटलका कर्मचारीहरूले पासपोर्ट खोसेर उनीहरूलाई बाहिर जान रोक लगाए । उनीहरूले महिनौँसम्म एउटा सानो कोठामा पानी र बिस्कुटको भरमा काटे ।

एजेन्ट गिरी लामो समयपछि सम्पर्कमा आएसँगै उनीहरूले आफुहरूलाई नेपाल नै फर्काइदिन आग्रह गरे । तर, गिरीले गत अप्रिल ७ मा होटलको रकम आफूले तिर्न नसक्ने भन्दै घरबाट पैसा मगाएर होटलको रकम तिर्न र नेपाल फर्किने टिकट २/४ दिनभित्र आफू आएरै दिने बताए । गिरीको आश्वासनपछि ती युवाहरूले घरबाट पैसा मगाएर होटलको १४ लाख रुपैयाँ बिल तिरे भने उक्त रकम पाइसकेपछि होटलले उनीहरूको पासपोर्ट फिर्ता दियो ।

तर, समस्या होटलको मात्र थिएन, उनीहरूको प्रवेशाज्ञाको पनि थियो । छोटो समयका लागि पर्यटक भिसामा इथियोपिया पुगेका उनीहरूको भिसा सकिएको दश महिना भैसकेको थियो । होटलले पासपोर्ट दिइसकेपछि उनीहरूले प्रवेशाज्ञा लिन गत अगस्तमा इथियोपियाको सुरक्षा अध्यागमन तथा शरणार्थी मामिला अधिकार विभागमा गएर प्रवेशाज्ञा नवीकरणका लागि जरिवानासहित करिब ४० लाख रुपैयाँ बुझाए ।

तर, अध्यागमन कार्यालयले भने उनीहरूलाई अमेरिका पठाउने एजेण्ट को हो ? लिएर आऊ भन्दै हिजो (बुधबार) सम्म पासपोर्ट नदिएको उनीहरू बताउँछन् ।

पीडितमध्ये एक जनाले भने, 'बाहिर निस्कन त पाएका छौँ तर हातमा पासपोर्ट छैन । भिसा नवीकरणका लागि दिएको एउटा सानो कागज गोजीमा राखेर रात दिन कार्यालय धाँउदा-धाँउदै महिनौँ बित्यो । पासपोर्ट लिनका लागि बाध्य भएर बुधबार कानुन व्यवसायीको सहारामा पुगेका छौँ ।'

यति मात्र हैन, गत अगस्तमा एजेन्ट गिरीसँग आफूहरूलाई नेपाल फर्काउन बारम्बार अनुनयविनय गर्दा गिरीले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव र डीआईजीहरूसँग बाक्लै उठबस भएको र प्रायःजसो उनीहरूसँगै बसउठ गर्ने भएकाले आफूलाई पुलिस प्रशासनले केही गर्न नसक्ने धम्कीसमेत दिएको उनीहरू बताउँछन् ।

अब परराष्ट्र मन्त्रालयले आफूहरूको उद्धार गरिदिए हुन्थ्यो भन्ने उनीहरूको आग्रह छ । सरकारले उद्धार गरेर नेपाल फर्काइदिए बाँकी जीवन जसरीतसरी गुजारा चल्ला कि भन्नेमा उनीहरू पुगेका छन् ।

यस विषयमा गत जुलाई-अगस्टमा पीडित युवाहरूले मानव बेचबिखन ब्युरोका प्रमुख जीवन श्रेष्ठलाई पनि टेलिफोनको माध्यमबाट जानकारी गराएका थिए । उनको आश्वासनपछि युवाहरू स्वदेश फर्किन पाउनेमा विश्वस्त थिए । तर, त्यताबाट पनि आशा मरेपछि मिडियामा आउनुपरेको उनीहरूले बताएका छन् । उनीहरूले उद्धारका लागि सम्बन्धित निकायसँग याचना गरेका छन् ।