2026-09-18 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इलाममा उपनिर्वाचनको मिति तय नहुँदै दलहरुको दौडधुप, एमालेले सुहाङलाई टिकट देला ?

असोज १९, इलाम | इलाम  निर्वाचन  क्षेत्र  नं.  २  का  प्रतिनिधि  सभाका  सदस्य  सुवासचन्द्र  नेम्वाङको  निधनपछि  उपनिर्वाचनको  मिति  तय  नहुँदै  राजनीतिक  दलका  नेताको दौडधुप सुरु भएको छ । प्रतिनिधि सभा सदस्य नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनको मिति तय नभए पनि टिकटका लागि दलका नेताको दौडधुप सुरु भएको हो ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), स्वतन्त्र पार्टी र माओवादी केन्द्रलगायतका दलबाट उम्मेदवारीका  लागि  दलका  नेताको  दौडधुप  सुरु  भएसँगै उक्त निर्वाचन क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ ।

 २०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्वाङपुत्र सुहाङ नेम्वाङको नाम नेकपा (एमाले) बाट चर्चामा छ । राजनीतिमा त्यति सक्रीय नभए पनि बाबुकै  बिँडो  थामेर  अधिवक्ता  बनेका  सुहाङ  उत्तराधिकारी बन्न सक्ने अनुमान गर्न थालिएको छ । बुवाको निधनपछि इलाम आएका सुहाङले पार्टीले अवसर  दिए  बुवाले  गर्न  बाँकी  काम  आफूले  पूरा  गर्ने  जनाउ  दिइसको छन्  ।

 एमाले इलामका उपाध्यक्ष उदय राईसहित एमाले नेताहरू गणेश बराल, बुद्धि खनाल, उमेश गुरुङ, रवीन्द्र सुवेदी र डा. देवी क्षेत्री दुलालको नाम पनि चर्चामा छ । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई