2026-09-18 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउदी अरबमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

असोज २२, काठमाडौँ | साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए ।

मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए ।

उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् । दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्र्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरू जेल पर्ने गरेको पाइएको उनले बताए ।

कतिपय साउदी पुगेको ६ महिनामै अरूको लहलहैमा लागेर जेल पर्ने गरेको पाइएको छ । साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुन’ थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठुलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई