२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

स्थानीयको अवरोधका कारण बन्द रहेको सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु

२०८०, २८ आश्विन आईतवार ०३:१७

असोज २८, काठमाडौं | स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणका क्रममा सुरुङ मार्गको पूर्वी पोर्टको ८३ मिटरमाथि खाडल पर्दा क्षति भएको नौ वटा घरलाई अस्थायी स्थान्तरण गर्ने सहमति भएको बताउँदै सहमतिसँगै शनिबारदेखि सुरुङको काम पुनः सुरु भएको जानकारी दिए । उनका अनुसार पीडित पक्ष, त्यस क्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहबरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको हो ।

सो सुरुङ मार्ग आयोजना क्षेत्रका आमनागरिकको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको निर्देशन बमोजिमसमेत स्थानीयसँग सहमति भएको मन्त्री ज्वालाले स्पष्ट पारे ।

उनले भने, “सुरुङ मार्ग निर्माणका क्रममा उत्पन्न भएका समस्याहरूलाई समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल प¥यो ? त्यहाँका अरू कति निजी घरहरूमा केकस्ता क्षति पुगेका छन्, त्यसका कारण पत्ता लगाउन र पीडितहरूलाई स्थानान्तरणको व्यवस्था गर्न समिति गठन गरिएको छ ।”

त्यसै गरी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णयसमेत भएको मन्त्री ज्वालाले बताए । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताए । 

मन्त्रीले ज्वालाले काम सुरु भएपछि अबको एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल छिचोल्ने गरी कामलाई तीव्रता दिन आयोजना प्रमुुखलाई निर्देशन पनि दिए  । मुख्य टनेल अब करिब सय मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह