2026-06-19 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै

कार्तिक २२, काठमाडौँ | इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ। बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ। 

जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ। आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ। बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए। 


सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका थिए। मुद्दामा स्वतन्त्र अधिवक्ता पुष्प पौडेलले पनि बहस गरिरहेका छन्। मुद्दामा उनले बुधबार बहस गर्नेछन्। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ। आचरणमा कैफियत देखिएपछि न्यायाधीश बानियाँ यसअघि न्यायपरिषद्बाट तीन वर्ष निलम्बनमा परेका थिए। जिल्ला अदालत काठमाडौंमा छँदा घुस लिएको घटनामा उनी मुछिएका थिए। न्यायपरिषद्ले निलम्बन फुकुवा गरेपछि उनी न्यायाधीशमा पुनर्वहाली भएका थिए। 

न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा फटका पड्काएर खुसियाली मनाइरहेको मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा नारायणसिंह राजपुतले बताए । ‘प्रतिवादी आलम अदालतको फैसलापछि छुट्ने हल्ला उनका समर्थकले गाउँमा फिँजाएका छन् । मलाई पटक–पटक फोन गरेर यो विषय जानकारी गराएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘न्यायाधीशसँग सेटिङ मिलाएको हल्ला उनीहरूले गाउँभरि फिँजाएका छन् । उनी छुट्ने भन्दै गाउँमा उनका समर्थकले पटका पड्काउन थालेका छन् ।’ 

रौतहट– २ संविधानसभा निर्वाचन २८ चैत ०६४ का उम्मेदवार थिए मोहम्मद आफ्ताब आलम। चुनाव जसरी पनि जित्नु थियो। त्यसका लागि बुथ कब्जा एक मात्र विकल्प थियो। त्यसैका लागि उनले बम बनाउने कालिगढ भारतस्थित बिहारबाटै ल्याएका थिए । बम बनाउने ठाउँ आफ्ना काका इद्रिसको गाईगोठ रोजिएको थियो । 

स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहभागी भए । जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समाते । अचेत हुने इन्जेक्सन दिए ।

बोरामा प्याक गरे। एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो । 

बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गर्‍यो । २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनका भाइ महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा छन् । तर, उनको आतंक अझै जारी छ । उनीविरुद्ध घटनामा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायणको कानुनी लडाइँ अझै पनि जारी छ । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमविरुद्धको बयान फेरेकी छिन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ