२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरायललाई श्रम गन्तव्य बनाउने कि ?

२०८०, २२ कार्तिक बुधबार ०९:३८

कार्तिक २२, काठमाडौँ | इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेको मात्र नभई बुलडोजरलगायत यन्त्र प्रयोग गरेर सीमा तार भत्काउँदै जमिनबाट र ग्लाइडरमार्फत आकाशबाट समेत आक्रमण गरेर १ हजार ४ सयभन्दा बढी इजरायली एवं विदेशी नागरिकहरूको हत्या गरेको थियो ।

उसले २ सय ५० को हाराहारीमा विभिन्न व्यक्तिहरूलाई अपहरण गरेर बन्धक बनाएपछि प्रत्याक्रमणमा इजरायलले ३० दिनदेखि गाजा क्षेत्रमा भीषण प्रहार गर्दै आएको छ । यसक्रममा झन्डै १० हजार गाजावासीको मृत्यु भइसकेका छ भने मृत्यु भएकामा ४ हजारभन्दा बढी केटाकेटी रहेका बताइएको छ । यसक्रममा इजरायलमा ठूलो संख्यामा श्रमिक कामदारको अभाव हुन पुगेको छ ।


इजरायलको श्रम बजारमा नेपालबाट धेरै संख्यामा महिला केयरगिभरहरू रहेका छन् । कृषि फार्म एवं किबुत्जमा काम गर्ने कामदारहरू थाइल्यान्डजस्ता मुलुकबाट जाने गरेका छन् । निर्माण कार्यजस्ता कडा श्रम लाग्ने काममा मूलतः गाजा र वेस्ट ब्यांक निवासी प्यालेस्टिनीहरू रहेका थिए । चालू युद्धका कारणले हाल कार्यरत प्यालेस्टिनीहरूलाई इजरायलले निष्कासन गरेको छ । बुल्गेरिया र रोमानियाजस्ता पूर्वी युरोपका कामदारहरू युद्धको त्रासका कारण पलायन भएका छन् । हाल निष्कासन गरिएका प्यालेस्टिनीहरूलाई युद्ध समाप्त भएपछि पनि पुनर्बहालीको सम्भावना एकदमै न्यून छ । यस्तो परिस्थितिले गर्दा इजरायललाई कडा श्रम गर्ने कामदारको अभाव हुने पक्कापक्की छ ।

इजरायलमा सक्रिय निर्माण कम्पनीहरूले सरकारसमक्ष आफूहरूलाई ठूलो संख्यामा कामदार चाहिने प्रतिवेदन दिइसकेका छन् । इजरायल सरकारले भारत सरकारसमक्ष १ लाख श्रमिक कामदार उपलब्ध गराइदिन अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यस वर्षको सुरूमै भारत र इजरायलबीच ४० हजार श्रमिक उपलब्ध गराउने सम्झौता भएको थियो । तर, युद्धको वर्तमान परिस्थितिले गर्दा इजरायल जान भारतीय नागरिक तयार नहुने सम्भावना त छँदै छ, स्वयं भारत सरकारसमेत कुनै निर्णय गर्न हिच्किचाउने हुनसक्छ । यस अवस्थामा नेपाली श्रम बजारका लागि यो ठूलो मौका हुनसक्छ । युद्धको जोखिम आफ्नो ठाउँमा छ । श्रम गर्न मध्यपूर्वका अन्य कुनै मुलुकमा जाने नेपालीका लागि पनि यो जोखिम सदासर्बदा छ ।

अन्य सेवा सुविधा र आमसुरक्षाका दृष्टिले कुनै अन्य मुलुकभन्दा इजरायल उत्कृष्ट साबित हुन्छ । नेपालसँग इजरायल सरकारले सम्पर्क गरे नगरेको बारेमा केही सूचना छैन । तर, नेपाल सरकार र सम्बन्धित निकायले जोखिम आदिका दृष्टिले कडा श्रमका लागि इजरायल उपयुक्त गन्तव्यका रूपमा ठहर ग¥यो भने यो राम्रो अवसर हो । आफैले पहल गरेर इजरायलसँग सम्पर्क स्थापित गरियो भने श्रम आपूर्ति सम्बन्धमा ठूलै दूरगामी सम्झौता हुनसक्छ । थोरै कूटनीतिक कौशलको आवश्यकता भने पर्नेछ । यहाँनेर स्मरणीय कुरो के छ भने नेपाल इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने एसियाकै पुरानो मुलुकका रूपमा गनिन्छ । इजरायली सरकार र आमजनताबीच पनि नेपाल र नेपालीहरूको राम्रो प्रतिष्ठा कायम छ । यस संकटको समयमा श्रम आपूर्ति हुने कुरालाई इजरायलले गुनका रूपमा लिनेछ र कृतज्ञ बन्ने सम्भावना बढी छ । त्यसो त, विदेशमा कामदार पठाउने कुरो नै आलोच्य रहिआएको छ ।

नीतिगत रूपमै अब हामीले श्रम नबेच्ने निर्णय गर्ने हो भने ठीक छ । होइन, कतार र यूएई वा साउदीजस्ता मुलुकमा श्रमिक पठाइरहने हो भने इजरायल यी मुलुकहरूको तुलनामा उत्कृष्ट छ भन्नुपर्ने हुन्छ । श्रमको ज्याला, सामाजिक सुरक्षा, कानुनी अवस्था र जिउ ज्यानको सुरक्षासमेतका हिसाबले इजरायल हामीले हाल श्रमिक उपलब्ध गराइरहेको मुलुकभन्दा अब्बल छ । वर्तमान युद्धग्रस्त अवस्थामा समेत केयरगिभरका रूपमा कार्यरत हाम्रा महिला श्रमिकहरू बिरलैले नेपाल फर्किन चाहेको तथ्यले पनि इजरायल श्रम गन्तव्यका रूपमा गतिलो गन्तव्य हो भन्ने बुझिन्छ । यस्तो अवस्थामा नेपालले पहल किन नगर्ने ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी