2026-06-19 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आपूर्ति बढेसँगै सस्तियो तरकारी

मङ्सिर ४, काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् । 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ । 


कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको अनुभव सुनाए । काउली अहिले प्रतिकेजी ६० रुपियाँमा किन्नुपर्छ तर यहाँ त त्यही काउली ६० रुपियाँमा तीन केजी आयो, आलु, बन्दा, गोलभेँडा चम्सुर, पालुङको साग त्यत्तिकै सस्तो उनले आफ्नो अनुभव सुनाए । 

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढीको अन्तर भएको अनुभव उहाँसँगै तरकारी किन्दै गरेका विक्रम पुडासैनीले सुनाए । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०र२२ दिनको बिचमा मौसमी तरकारीको भाउ शतप्रतिशत सस्तिएको बताए । उनले भने, “अहिले बजारमा तरकारीको माग नै कम छ आएको तरकारी पनि बिक्री गर्न गाह्रो छ । थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको छ ।” 

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताए । उनका अनुसार तिहारपछि बजारमा दैनिक औसतमा आठ सय मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ । 

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ । हरिया तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको उनको भनाइ छ । 

- यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ