पढ्न करिब 5 मिनेट लाग्छ

मङ्सिर ५, काठमाडौँ | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ह्रास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् ।

बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् ।

गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए । तर गत साउनबाट निरन्तर रुपमा अधिक तरलता भएपछि बैंकहरुमा व्याजदर घटाउने दबाब पर्दै गएको थियो । नेपाल बैंकर्स संघको कार्टेलिङ्गजस्तै रहेको बैंक व्याजदर निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था भएपछि भदौ यता बैंकहरुको ब्याजदर क्रमिक रुपमा घटिरहेको छ ।

गत भदौसम्म समग्र बैंकहरुले मुद्दतिमा दिने औसत व्याजदर १०.३२५ प्रतिशत रहेकोमा मंसिरका लागि निर्धारण गरिएको औसत व्याजदर ९.६६ प्रतिशतमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार असोजमा वाणिज्य बैंकको औसत ब्याजदर १०.२६ प्रतिशत रहेको थियो । कात्तिकमा भने ९.९६ प्रतिशत थियो।

क्रमिक रुपमा घटिरहेको व्याजदर पुसमा अझ लगानी योग्य रकम अधिक हुने हुँदा व्याजदर घट्ने प्रक्षेपण गरिएको छ ।

अहिले सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये मुद्दतिमा सवैभन्दा वढी व्याज नेपाल एसबिआइ बैंकले दिंदैछ भने सवैभन्दा कम व्याज एनआइसी एसियाले दिनेछ ।

व्यक्तिगत निक्षेपमा नेपाल एसबीआइ बैंकले १०.६०३ प्रतिशत दिने घोषणा गर्दा एनआइसी एसिया बैंकले भने ८.९६८ प्रतिशत दिने तय भएको छ ।

संस्थागत निक्षेपमा भने एनआइसीले ६.९६८ र नेपाल एसबिआइले ८.६०३ प्रतिशत दिनेछ । एसबीआइ बैंकसँगै माछापुच्छ्रे बैंक र हिमालयन बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६०३ प्रतिशत नै ब्याजदर दिने घोषणा गरेको छ ।

कात्तिकको तुलनामा मंसिरमा व्याजदर स्थिर राख्ने बैंकहरुमा नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।

नयाँ ब्याजदर अनुसार १४ ओटा वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदरमा परिमार्जन गरेका छन् । सार्वजनिक गरिएको विवरण अनुसार माछापुच्छे बैंकले मात्र व्याजदर बढाएको छ ।

१३ ओटा बैंकले भने व्याजदर घटाएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा ०.६१३ र संस्थागतमा १.११३ प्रतिशत व्याजदर बढाएको छ ।

कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.३३१ प्रतिशतले घटेर औसत ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ७.५४६ प्रतिशतमा झरेको छ ।

एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ८.९६ प्रतिशत र संस्थागततर्फ ६.९६ प्रतिशत कायम गर्दै कात्तिकको तुलनामा २.०३५ प्रतिशत व्याज घटाएको छ ।

स्टायन्डर्ड चाटर्ड बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ८.९७ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। उसले ०.२५ प्रतिशत घटाएको हो ।

यसैंगरी एभरेष्ट बैंकले यक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। एभरेस्टले औसतमा ०.२२ प्रतिशतले ब्याजदर घटाएरको हो ।

त्यस्तै प्रभु बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले पनि व्यक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। यी तीन बैंकले समान रुपमा ०.२२४ प्रतिशत व्याज दर घटाएका हुन् ।

नबिल बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत बनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतितर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

कृषि विकास बैंकले भने व्यक्तिगत ९.५१२ र संस्थागत ७.५१२ प्रतिशत कायम गरेको छ ।

ग्लोबल आइएमइले व्यक्तिगत र संस्थागत क्रमशः ९.६ र ७.६ प्रतिशत कायम गरेको छ । एनएमबीले भने ९.७६ व्यक्तिगत र संस्थागत ७.७६ प्रतिशत बनाएको छ ।

प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइन, सिटिजन्स र सिद्धार्थ बैंकले मुद्दति निक्षेपको ब्याजदर स्थिर नै राखेका छन्। उनीहरुले पनि व्यक्तिगत र संस्थागतमा व्याजदरमा २ प्रतिशत फरक राखेका छन् ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम १०.२५ प्रतिशत, कुमारी बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १०.०१ प्रतिशत, लक्ष्मी सनराइन बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

त्यस्तै सिटिजन्स बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.९५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.९५ प्रतिशत कात्तिकको दरलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।

ब्याजदर धेरै घटाउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले व्यक्तिगत निक्षेपमा ८.९७ प्रतिशत र संस्थागत निक्षेपमा ६.९७ प्रतिशत ब्याज कायम गरेको छ । बैंकको अघिल्लो महिनाको लागि यो ब्याजदर क्रमश ११ प्रतिशत र ९ प्रतिशत थियो ।

एनआईसी पछि ब्याजदर धेरै घटाउनेमा एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, राष्ट्रिय बाणिज्य बैंक लगायत रहेका छन् ।

बैंकमा पर्याप्त लगानीयोग्य रकम बढ्दै गएपछि बैंकले ब्याजदर घटाउँदै लगेका छन् । बचतको ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि घट्ने हुन्छ । बचतको ब्याजदर बढ्दा बैंकको लागत बढ्ने हुँदा आधारदर (बेसरेट) पनि बढ्न गइ कर्जाको ब्याजदर बढ्न जान्छ । बचतको ब्याजदर घट्दा लागत पनि घट्ने हुनाले बैंकको आधार दर घट्न गई कर्जाको ब्याजदर पनि घट्ने हुन्छ ।

बैंकले आधार दरमा केही प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्ने गर्छन् । मंसिरको लागि प्रकाशित ब्याजदर अनुसार केही बैंकहरूले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएका छन्। अहिले एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबीआई बैंकले अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा कम तोकेका छन्। एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम अर्थात ३ प्रतिशत निर्धारण गरेको छ ।

बैंकहरूको अधिकतम प्रिमियम दर सरदर ३ प्रतिशतसम्म घट्दा आधारदर पनि क्रमशः घट्दै गएको छ।

क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने अनुमान गरिएको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको छ। यसको क्रमशः ८.४२ र ८.७० प्रतिशत छ। एकल अंकमा आधार दर रहनेमा ९ वटा बैंक छन्। उक्त दुईबाहेक क्रमशः नेपाल बैंकको ९.१९, सिद्धार्थको ९.५३, नबिलको ९.५८, एभरेस्टको ९.७०, सानिमाको ९.७५, एनएमबीको ९.८५ र नेपाल इन्भेस्टमेन्ट मेगाको ९.९९ प्रतिशत आधार दर कायम रहेको छ। यसबाहेकका ११ बैंकको आधार दर भने दोहोरो अंकमा अर्थात् १० प्रतिशतदेखि ११ प्रतिशतको बीचमा छन्।

बैंकको जति कम आधार दर हुन्छ त्यसको ब्याजदर प्रायः कम हुने भएकाले ती बैंक ग्राहकको छनोटमा पर्छन् ।