2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत, विपिन जोशी कहिले छुट्लान्?

मङ्सिर ६, काठमाडौँ | हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ।

सुरुमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजरेली नागरिक तथा दोहोरो नागरिकता भएका मानिसहरूले प्राथमिकता पाउने बताइएको छ।

इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ। उक्त सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिनले लम्बिने छ। संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो।

उक्त सहमतिबारे छलफल गर्न इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार साँझ सुरु भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधवार बिहान भइसकेको थियो। मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँगको युद्ध जारी रहने टिप्पणी गरेका थिए।

हमासले के भन्यो ?

यसैबीच हमासले इजरेली बन्दीहरूलाई मुक्त गर्दा १५० प्यालेस्टिनीहरू इजरेली जेलबाट छुट्ने बताएको छ। यो सम्झौताअनुसार राहत सामग्री र औषधि बोकेका सयौँ ट्रकलाई गाजा प्रवेश गर्न दिइने छ। हमासका अनुसार गाजामा अब इन्धन आपूर्ति पनि हुने छ। हमासले जारी गरेको विज्ञप्तिमा इजरेलले युद्धविरामको अवधिमा गाजामा कसैलाई पनि आक्रमण नगर्ने वा पक्राउ नगर्ने बताएको छ । इजरेल सरकारका अनुसार प्रत्येक पटक १० जना बन्धकको रिहाइ हुँदा एक दिन लडाइँ रोकिने छ।

विपिन जोशी कहिले छुट्लान्?

इजरेल र हमासबीच बन्धक मुक्तिका लागि सहमति भए पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी अहिलेको चरणमा मुक्त हुने सम्भावना न्यून रहेको देखिएको नेपाली अधिकारीहरूले बताएका छन्। इजरेल तथा कतारस्थित नेपाली नेपाली राजदूतहरूले विपिन जोशीलाई मुक्त गर्न पहल जारी रहेको र आफूहरू त्यहाँस्थित सरकारी तथा अरू सम्बन्धित सबै पक्षसँग त्यसबारे निरन्तर संवादमा रहेको दोहोर्‍याएका छन्।

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले भनिन्, “पहिलो चरणमा चार दिनमा ५० जना बालबालिकासहितका बन्धकहरूलाई छाड्ने सहमति भएको जानकारी आएको छ। त्यसैले विपिन जोशी त्यो समूहमा पर्ने सम्भावना कमै देखिन्छ। तर हामीले आवश्यक पहल गरिरहेका छौँ।”

हमास लडाकु समूहले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेको थियो । उक्त आक्रमणमा इजरेलमा केही विदेशी नागरिकसहित १२०० जनाभन्दाको मृत्यु भएको थियो।मारिनेहरूमा १० जना नेपाली नागरिक पनि थिए। लडाकुहरूले इजरेलबाट २०० जनाभन्दा बढीलाई बन्धक बनाएर गाजा स्ट्रिपतिर लगेका थिए। -बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई