Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, काठमाडौँ |  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले  ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकले सोही जग्गा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।

महालेखा परीक्षकको ५९औ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) को लेखा परीक्षण अनुसार प्रसाईंले खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैङ्कले दिएको ऋण २२ गुणा फरक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको ३ सय २७ नम्बर पेजको  ३८ ९१० मा  उल्लेख भए अनुसार  प्रसाईंको एक निजी अस्पतालले भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरबाट  २०७७ साउन २ गते राजीनामा लिखत गरी झापा अनारमनी ३मा रहेको ५७१.४८ वर्ग मिटर क्षेत्रफल भएको ५ कित्ता जग्गा ८ करोड थैली अंक कायम गरी खरिद गरेका थिए। उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टि बन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगापातको मूल्य समावेश गरिएको छैन। प्रतिवेदनले यस विषयमा  नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्याङ्कन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैकले सम्बन्धित बैङ्कहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्दछ।’

महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको आशंका गरेको छ। उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अड्ड न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ। -नागरिक दैनिकबाट