Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १४, काठमाडौं | रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो ।

वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।

दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन  र  सिप  बिल्डिङ  क्षेत्रमा  नेपाली  माग  गर्दै  आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए । यसअघि  कोरियाले  नेपालबाट  कृषि  तथा  पशुपालनमा  मात्र  नेपालीलाई  माग  गर्दै  आएकामा  केहीअघिदेखि  सिप  बिल्डिङमा  समेत  माग  गर्न  थालेको थियो ।

उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन ।

इपिएसमार्पत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।