2026-09-18 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना, खाना र औषधि नपाउँदा एक महिनामा मरे ४० चौपाया

मङ्सिर १८, रुपन्देही | रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना दिइएको छ।

कात्तिकको दोस्रो हप्ता संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले विनायोजना हतारहतार कोषपरिसरमा तारबार गरी करिब तीन सय छाडा चौपाया राखेका थिए। करिब तीन बिघा क्षेत्रफलमा तारजाली लगाएर राखिएको छाडा चौपायालाई समयमै दानापानी र औषधिको व्यवस्था नहुँदा अहिले चौपायाहरू मर्न थालेका छन्।

चौपाया व्यवस्थापनका लागि कोषले एकजना र नगरपालिकाले ६ जना कर्मचारी राखे पनि उनीहरूले सही तरिकाले काम नगर्दा समस्या थप जटिल हुन थालेको स्थानीयको गुनासो छ। चौपाया एक महिनादेखि परालको भरमा छन्। तिनीहरूले हरियो घाँस, दाना र औषधि देख्न पनि पाएका छैनन्।

अस्थायी रूपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रूपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थापन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भए पनि काम नहुँदा दैनिकजसो चौपायाहरू मर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई