2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

मङ्सिर २१, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् ।

१ सय ३६ जनामध्ये तीन जनालाई त्यहाँको फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको नेपाली दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाले जानकारी दिए । लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग, बलात्कार, झैझगडा, इमिग्रेसन कानुन उल्लंघन र आपराधिक क्रियाकलापमा संलग्न भएको लगायतका आरोपमा उनीहरू जेल परेका हुन् । जेल परेकामध्ये ५० प्रतिशत लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग थुनामा रहेका छन् ।

‘मलेसियामा चार तहको अदालत हुन्छ तीन नेपालीलाई फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको छ,’ सूचना अधिकारी बुढथापाले भने, ‘दूतावासले वकिल हायर गरेर पुनरावेदन गर्ने तयारी गरिरहेको छ, मलेसियाको संसदले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पास गरिसकेको छ, कानुन कार्यान्वयन हुन बाँकी नै छ, ती तीन नेपालीको हकमा पनि मृत्युदण्ड कार्यान्वयन नहोला तर, आजीवन जेल भने बस्नुपर्छ ।’

जेलमा रहेका अधिकांश व्यक्ति सजाय कटाउन बसिरहेका छन् । साथीभाइसितको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको उनले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ ।

गैरकानुनी रूपमा बसेकालाई बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई