2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

मङ्सिर २२, काठमाडौँ | हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।  

यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको हुँदा बेपत्ता तेन्जेन लगायतको खोजी अर्को वर्ष गरिने उनी आबद्ध कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।

‘यो वर्षको लागि सिजन सकियोे, अब अर्को वर्ष खोजीकार्य सुरु गर्छौं’, महाप्रबन्धक गुरागाइँले भने, ‘आगामी मार्च, अप्रिलमा उनलाई खोज्न आठ जना शेर्पाहरु सिसापाङ्मा हिमाल पठाउँछौं।’

विश्वका आठ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी गत २७ जुलाईमा विश्व कीर्तिमान कायम गरेका आरोही तेन्जेन शेर्पा हिमपहिरोमा हराइरहेका छन्। उनी तिब्बतस्थित १४ औं हिमाल सिसापाङ्माको आरोहण गर्ने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका थिए।

दुर्घटना भएको थाहा पाए लगत्तै कम्पनीले आफ्नो  पहलबाट गर्न सक्ने सबै प्रयास गर्दा पनि तेन्जेनलाई फेला पार्न नसकिएको गुरागाईंले बताए। उनले यस वर्ष कम्पनीका मान्छेहरू आफैंले प्रबन्ध गरेर खोज्ने परिस्थिति नभएको पनि बताए। उनले भने, ‘पटक पटकको पहलमा पनि चिनियाँ सरकारले हामी आफैं गएर उनको खोजी गर्न अनुमति दिएन।’ 

तत्कालीन समयमा त्यहीं भएका आरोहीहरूबाट सहयोग पाएको बताउँदै उनले थपे, ‘त्यहीं भएका अन्य आरोही साथीहरूले तेन्जेन तथा हिम पहिरोमा परेका अन्यहरूको खोजी गर्न सहयोग गरेका थिए, हामीले पनि आफ्नो तहबाट यथासंभव सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थियौं।’

गुरागाईंका अनुसार सरकारले तेन्जेनको खोजी कार्यको लागि कम्पनीलाई संभाव्य सहयोग गरेको बताए। सरकारले सम्बन्धित निकायमा खोजी उद्धारको लागि कुरा गरिदिएको जनाउँदै उनले सरकारी सहयोगका बाबजुत पनि चीनले कम्पनीलाई तेन्जेनको खोजी गर्न जाने अनुमति नदिएको बताए। 

सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण तीन महिना दुई दिन अर्थात् ९२ दिनमा पूरा गरी कीर्तिमान कायम गरेका थिए। विश्व कीर्तिमान कायम गरेको ७२ दिनमै हिमपहिरोमा परेका उनी गत ७ अक्टोबरदेखि वेपत्ता भएका थिए। उनलाई ८ अक्टोबरमा चीन सरकारले मृत्यु भएको भनी घोषणा गरेको थियो। ७ अक्टोबरदेखि हिमपहिरोमा परी बेपत्ता भएका उनको अवस्था अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई