2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी

मङ्सिर २६, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।

असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका थिए। तीमध्ये चारजना आफ्नै हवाई खर्चमा बिहीबार स्वदेश फर्किएका छन् भने बाँकी तीनजना अझै भिसा अवधि सकिएका कारण ‘ओभर स्टे’मा छन्। काठमाडौं आइपुगेकाहरू भने आफू म्यानपावरकै कारण ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका छन्।

काठमाडौं सामाखुसीस्थित फिस्टेल ओभरसिज प्रालिका सञ्चालक रेशमराज लामिछानेले युएईमा ‘हेभी-ट्रक ड्राइभर’ को माग आएको भन्दै २५ जना युवालाई घर न घाट बनाएका हुन्। सञ्चालक लामिछानेले ती युवाबाट प्रतिव्यक्ति ६ लाखदेखि सात लाखभन्दा माथि रकम उठाएको विभागमा उजुरी दिन आएका पीडितको दाबी छ।

लामिछानेले युएईमा कामसँगै तलब पनि तीन हजार दिरहम हुने र खाना खर्च छुट्टै हजार दिरहम पाइने भनी आफूहरूलाई विदेश पठाएको पीडितहरूको दाबी छ, तर उनीहरू जुन कम्पनीमा भनेर गएका थिए, त्यो कम्पनी नै नरहेको पीडितहरू बताउँछन्।

म्यानपावरका सञ्चालक लामिछानेले युएईमा पाँच महिनादेखि अलपत्र अवस्थामा पारेका सिन्धुपाल्चोकका सरोज श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, अनिश परियार र काभ्रेका सञ्जीव कार्की रहेका छन्। । त्यस्तै दोलखाका बमबहादुर लोहार, हर्कबहादर बस्नेत र धादिङका सुरेश भुजेल भने ‘ओभर स्टे’ मा युएईमै छन्।

यसरी विदेश गएर परिवारलाई सुख दिने सपना बोकी लाखौंलाख ऋण काढेर युएई पुगेका युवाहरूको दुर्गतिको अवस्था छ। पैसा कमाउन विदेश पुगेका युवा उल्टै परिवारसँग हवाई टिकेट काट्ने पैसा मगाएर नेपाल फर्किएका छन्।

‘युएईस्थित नेपाली दूतावासमा पनि खबर गरेको र त्यहाँको दूतावासले लामिछानेलाई बोलाएर केरकार गरेको पीडितले बताए। फिस्टेल म्यानपावरका सञ्चालक लामिछाने दूतावास आउनै चाहेका थिएनन्। घरी कहाँ छु, घरी बिरामी भएर आलसतालस भएको छु भनेर पटकपटक नाटक गर्दै आएको पीडितले बताएका छन्।

‘दूतावासले लामिछानेलाई हामीसँगको सम्पर्कपछि काम पनि लगाइदिने र पैसा पनि फिर्ता गर्ने भनेको थियो, तर उसले सबै कुरा झुट बोलेको रहेछ। १० दिनपछि त फेरि सम्पर्कविहीन हुँदा हामी स्वदेश फर्किएका हौं,’ पीडितले भने।

लामिछानेमार्फत विदेश पुर्‍याइएका युवा मात्र ठगीमा परेका होइनन्, स्वदेशमै रहेका थुप्रै युवा पनि विदेश उडाउने विभिन्न सपना देखाउँदै लाखौंलाख पैसा असुल्दै आएको विदेश जान बाँकी पीडितको गुनासो छ।

युएईस्थित नेपाली दूतावासमा लामिछानेले प्रत्येक व्यक्तिसँग ६ लाखभन्दा बढी लिएको स्वीकारेको र सो रकम फर्काउने वचनका साथ दूतावासलाई पत्र पनि लेखेको विभागमा उजुरी दिन आएका युवाले बताए।  – नागारिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई