2026-09-18 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पृथ्वीमा पनि ‘ब्ल्याकहोल’ !

मङ्सिर २९, काठमाडौं | ब्ल्याकहोल अन्तरिक्षमा रहेका अँध्यारा गुरुत्वका केन्द्रहरू हुन् । वैज्ञानिकका अनुसार यी केन्द्रहरूले भीमकाय तारापुञ्ज (ग्यालेक्सी) आफ्ना वरिपरि फनफनी नचाउने गर्छन् । यी पिण्डहरूको गुरुत्व यति शक्तिशाली छ कि ताराको प्रकाश पनि यहाँ हराउँछन् । हालसम्मको अनुसन्धानमा यस्ता डरलाग्दा भवसागरीय अँध्यारा पिण्डहरू सयौं चम्किला ताराहरूको जीवन समाप्तिसँगै बन्न गएको ठहर वैज्ञानिकको रहेको छ ।

नेपाली र हिन्दीमा यस्ता पिण्डलाई ‘कृष्ण छिद्र’का नामले जनाउन थालेको पाइन्छ । दूरीका हिसाबले हजारौं प्रकाश वर्ष टाढा रहेका यस्ता महापिण्डको वरिपरि घुम्ने सूर्यजस्ता तेजिला र ठूला प्रकाश पिण्डहरू पनि कुनै न कुनै दिन यी कृष्ण छिद्रहरूमा विलिन हुन पुग्छन् । भनिन्छ, यस्ता कृष्ण छिद्रहरूले तारागण निरन्तर निलिरहेका छन् ।

प्रकाशले अन्तरिक्षमा एक वर्षमा पार गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ । प्रकाशको गति आफैमा ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ । यस हिसाबले हजारौं प्रकाश वर्ष टाढा रहेका यस्ता कृष्णछिद्र कति शक्तिशाली होलान् र सूर्यजस्ता पिण्ड निलिरहेका होलान् ? यो जोकोही साधारण मानवका लागि नपत्याउने विषय जस्तै हो । तर, यो कुरा यथार्थ हो ।

ब्ल्याकहोल वा कृष्णछिद्रमा रहेको महाशक्ति भनेको यिनमा रहेको गुरुत्व बल नै हो । पिण्ड जति ठूलो भयो, गुरुत्व बल उति नै बढी नै हुन्छ । यही शक्तिका कारण सयौं प्रकाश वर्ष टाढा रहेका साना ठूला पिण्डलाई कृष्णछिद्रले तानिरहेको हुन्छ । यस खगोलमा यस्ता कृष्णछिद्र साना पृथ्वीजस्ता आकारका पनि रहेका हुन्छन् ।

ब्ल्याकहोल वा कृष्णछिद्र बुझ्नका लागि हामीले हाम्रो पृथ्वीमा कहिलेकाहीँ देखिने वायुमण्डलीय वा जलमण्डलीय गतिविधिलाई सूक्ष्म रूपमा नियाल्न सक्छौं । कहिलेकाहीँ रहस्यमय रूपमा पानीजहाज तथा हवाईजहाज हराएको कुरा आफ्नै कानले सुन्ने पनि गरेका छौं । यस पृथ्वीमा कहिलेकाहीँ निर्माण हुन जाने ससाना कृष्णछिद्ररूपी भौतिक गतिविधिका कारणले नै हो ।

महासागर र समुद्रमा सुनामी आउँदाका बखत पानीको छालको उचाइ र गतिनुसार विशाल क्षेत्र ढाक्दै मडारिएको पानीको रासीभित्र डरलाग्दा र प्रलयकारी कृष्णछिद्रहरू बन्ने गर्छन् । ठूलाठूला मरूभूमिमा हजारौं किलोमिटरसम्मका समथर मैदानहरूमा घण्टौं चल्ने आँधीहुरीभित्र पनि यस्ता ब्ल्याकहोल बनिरहेका हुन्छन् ।

समुद्री तटका बस्तीहरूमा कहिलेकाहीँ घाम लागिरहेकै समयमा आकाशबाट माछा वर्षा हुन्छन् । यो आफैमा आश्चर्यको कुरा हो । तर, यो सम्भव छ र भई पनि रहेको छ । महासमुद्रमा चल्ने महाविनाशक चक्रवात हुरीले समुद्रको पिँधसम्मको पानी उठाएर माथिमाथि आकाशमा पु¥याएर पानीसँग आएका ठोस वस्तु हावामा यताउति हु-याउँदा माछाहरू यी बस्ती र सहरहरूमा खस्न पुग्छन् । कहिलेकाहीँ त शार्क, ह्वेल, सिलजस्ता ठूला माछा आकाशबाट वर्षा हुने गर्छन् । त्यो आँधीहुरीमा बनेको कृष्णछिद्रका कारणले नै हुनगएको हो ।

पृथ्वीजस्तो अत्यन्तै सानो पिण्डमा रहेको हावा र पानीमा त यसरी ब्ल्याकहोलहरू बन्ने गर्छन् भने साच्चिकै ब्रह्माण्डीय ब्ल्याकहोल वा कृष्णछिद्रमा कल्पना पनि नगरिएको शक्ति हुन्छ । तिनले अहिलेसम्म सूर्यभन्दा ठूला अर्बौं ताराहरू निलिसकेका छन् र निल्दै पनि गरिरहेका छन् । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई