2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

पुस १२, काठमाडौँ | काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प-यो,’ उनले भने।

त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। 

‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने। ती व्यापारीका अनुसार प्रत्यक्ष पसलमा किन्न आउनेभन्दा अनलाइनबाट माग गर्ने धेरै छन्। 

अनलाइनबाट भेपको कारोबार गर्न थालेको पाँच वर्षजति भएको ती व्यापारीले बताए। त्यस्तै ५ वर्षदेखि भेपको व्यापार गर्दै आएको ललितपुर पुलचोकस्थित अर्का व्यापारी भेपको माग बढ्दै गएको बताउँछन्। ‘माग पहिलादेखि नै उच्च छ,’ ती व्यापारीले भने।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको भेप आयात भएको छ। त्यस्तै आव २०७९÷८० मा ४ लाख २६ हजार ३७२ थान भेप आयात भएको छ।

एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ। फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको विरानगरका एक बिक्रेताले भने।

ती व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा २ हजार पर्छ। दुई हजारमा बिक्री गर्दा ६ सय रुपैयाँ नाफा हुन्छ। बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ।

पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरकफरक मूल्यमा बजारमा उललब्ध छन्। नेपालमा भेप चीन र अमेरिकाबाट आयात हुने गरेको बिक्रेता बताउँछन्। भेपको मूल्य डिभाइस र गुणस्तरअनुसार फरक फरक हुन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई