२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मलेसियन कम्पनीले तलव दिन जब नेपाली कामदार खोज्यो

२०८०, १५ पुष आईतवार ०३:०७

पुस १५, काठमाडौं | कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो ।

तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।

पत्रका आधारमा विभागले उनीहरूले काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ । उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न बिभागले अनुरोध गरेको छ । विभागले श्रमिकहरुलाई सम्पर्क गराउन आवश्यक समन्यव गर्न नेपाल वैदेशिक रोजगार ब्यवसायी संघलाई पनि अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी