पुस १८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब तीन लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

यसरी बिदेसिएको जनशक्तिमा १ लाख ९५ हजार ४६५ दक्ष, ५७ हजार ६८९ अदक्ष र २३ हजार ६८३ अर्धदक्ष छ। यसै अवधिमा उच्च दक्षता भएका २३८ र व्यावसायिक कामका लागि ५१७ युवा वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने युवा जनशक्तिमा अधिकत्तर दक्ष छ।

मुलुकमा अवसर नपाएपछि सुन्दर भविष्यको सपना बोकेर युवा जनशक्ति बिदेसिने क्रम जारी छ। वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली महिलामध्ये अधिकत्तर खाडी मुलुक जाने गरेको विभागका अधिकारी बताउँछन्।

गत मंसिरमा ७१ हजार २७६ युवा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिएका छन्। रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी दैनिक औसत २५ सयभन्दा बढी युवा बिदेसिएका छन्।

वैदेशिक रोजगारीलाई नियमन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको विकल्प खोजिने बताउँदै आए पनि त्यस्तो हुन सकेको छैन। श्रम मन्त्रालयले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमै युवालाई रोजगारीको अवसर निर्माण गरिने बताए पनि तत्काल यो सम्भव नरहेको श्रमविज्ञ बताउँछन्।

January 3, 2024
पत्रपत्रिकाबाट
साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी
By साझासवाल
3 मिनेट पढाइ