2026-06-18 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

पुस २६, काठमाडौँ | कक्षा ५ सम्म पढेका रामबहादुर बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ। पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो। उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए।


‘कसैलाई बलात्कार गरेको छैन। यौन दुराचार गरेको आरोप सरासर गलत हो। मेरो आश्रममा कोही बेपत्ता भएका छैनन्। यहाँले बेपत्ता भएका जसको नाम लिनुभयो, उनीहरूको जिम्मा म कसरी लिन सक्छु ? संसारमा दैनिक हजारौँ मान्छे बेपत्ता भएका होलान्, ती सबैको जिम्मा म लिन सक्छु ?’ उनको प्रतिप्रश्न थियो।

सोधपुछका क्रममा निर्धक्क देखिएका बम्जनले आफूलाई प्रहरीले खोजिरहेको थाहा नै नभएको बताए। ‘प्रहरीले खोजिरहेको छ भन्नेबारे थाहै थिएन। थाहा पाएको भए यहाँ हुन्न थिएँ। भागिसकेको हुन्थेँ,’ उनले भने। आफ्नो पछि विधर्मी विदेशी शक्ति लागेको प्रसंग पनि उनले बयानका क्रममा उप्काए।

विदेशी शक्ति आफूलाई बदनाम गराउन लागिपरेको उनको दाबी थियो। ‘म तपस्वी हुँ। मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरेका छन्। उनीहरू मलाई बदनाम गराउन चाहन्छन्। ममाथि लागेका विभिन्न आरोप यसैका उदाहरण हुन्,’ उनले भने। आफूलाई पक्राउ गरेको सम्बन्धमा भने उनले प्रहरीलाई धन्यवाद दिए। पक्राउपछि आफ्नो कुरा राख्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत