२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ओमन पुगेकी महिलाको हारगुहार–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

२०८०, ४ माघ बिहीबार ०३:०४

माघ ४, काठमाडौं | झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक गर्यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

‘घर मलिकले मोबाइल फोन चलाइन नदिने, खान नदिने, घाँटी थिच्न आउने, कुटपिट गर्ने गरेकाले आफू धेरै बिजोक अवस्थामा रहेको उनले रुँदै बताइन् । काम गरेबापतको १ सय ओमानी रियल दिने गरेको भएपनि बन्दी जीवन जिएर बस्नु भन्दा नेपाल फर्कन चाहेको उनले बताइन् । केही काम बिग्रिए कुट्ने पिट्ने गरेको र मारेर टाउको फालीदिन्छु भनेर धम्की दिने गरेको पीडा पनि उनले सुनाइन् ।

उनले रुँदै भनिन्, ‘मैले बिस्कुट र पानी खाएर काम गर्नुपर्छ, घर मालिकले दैनिक एक घण्टा मात्र फोन चलाउन दिन्छ, एक घण्टा बढी भयो भने १५ दिनसम्म फोन नै दिँदैन, यहाँ बाँचे पनि मरे सरह अवस्था छ, मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्, म नेपाल फर्कन चाहन्छु, नेपाल जान्छु भन्दा ओमानी नागरिकले पाँच लाख रुपैयाँ दिए मात्र नेपाल पठाउने नत्र यहीँ मारेर फालिदिने धम्की दिने गरेको छ ।’

आफूलाई पठाउने एजेन्ट झापाको माया लिम्बु रहेको बताउँदै उनले भनिन्, ‘एजेन्टले हस्पिटलको काम हो, मासिक एक लाख रुपैयाँ हुन्छ भनेर मलाई पठाएको हो । तर यहाँ आएपछि ओमानी नागरिकको घरमा बिक्री हुन पुगेँ । अहिले एजेन्ट लिम्बु सम्पर्कविहीन भएकी छन्, घरमा बुबा ममी बिरामी हुनुहुन्छ, गरिव भएपछि कसको के नै लाग्दो रहेछ र ? पैसा तिरेर नेपाल फर्कन सक्ने अवस्था छैन । ओमानस्थित नेपाली दूतावासलाई पनि समस्या सुनाएँ, तर कुनै सुनवाई भएको छैन ।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट