2026-09-18 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

माघ १३, काठमाडौं | राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ?’

‘१५ दिनजति भयो, तातो पानी र ब्रट घोलेर जबर्जस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्, क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यतिकै मर्ने भएँ,’ उनले लेखेका छन्, ‘बिन्ती गर्छु, मलाई सहयोग गर्नुहोस्, यहाँ मेरो खोक्रो शरीर मात्र भएको छ, कम्पनीले घर जान दिँदैन, क्यान्सिल गर घर जान्छु भन्दा कुरै सुन्दैन अब म के गर्नु ? कसरी नेपाल फर्किनु ?’

लिम्बूले ‘नेपालमा रहेको म्यानपावरलाई सम्पर्क गर्दा हामी कम्पनीसँग कुरा गर्छौं भन्ने मात्र गरेको’ भन्दै ‘आफ्नो अवस्था झनझन् नाजुक हुँदै गरेकाले तत्काल उद्धार गरी स्वदेश फर्काउन’ नेपाल सरकार, त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका क्रियाशील नेपाली संघसंस्थालाई अपिल गरेका छन् ।

उनले आफ्नो अवस्था बुझ्न अल खवानिज–२ जेएफएम क्याम्पमा आउनसमेत अनुरोध गरेका छन् । यता, उनलाई पठाउने एजेन्ट भिम देवान भन्छन्, ‘त्यो भाइ बिरामी भएको जानकारी पाएका छौं, म्यानपावरका डाइरेक्टर राज कार्कीले कम्पनीसँग कुरा गरेर उतै उपचार सम्भव भए गराउने नभए नेपाल फिर्ता ल्याउन पहल गर्नेछौं ।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई