Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिजिट भिसामा सेटिङ: अध्यागमनका फरार कर्मचारी भागेर अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, काठमाडौँ | भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ ।

‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र  केही हङकङ गएको सूचना हामीकहाँ आएको छ । उनीहरूलाई नेपाल ल्याउने प्रक्रियामा छौं,’ अनुसन्धानमा खटिएका अपराध अनुसन्धान कार्यालय एक अधिकारीले भने, ‘उहाँहरू विदेशमा रहेका सूचना अध्यागमन विभागबाटै आएको हो । त्यसलाई भेरिफाई गरेर नेपाल ल्याउने प्रक्रियामा गएका हौं ।’

भिजिट भिसामा सेटिङ मिलाएकालाई प्रहरीले पक्राउ गर्ने सूचना पाएसँगै उनीहरू विगत २ महिनादेखि बिदा लिएर फरार छन् । यो मुद्दामा अनुसन्धान सकाएर हिजो (आइतबार) काठमाडौं प्रहरी परिसरले संगठित अपराधमा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रहरीले यसमा २२ जनालाई प्रतिवादी बनाएको छ, जसमा ९ जना  अध्यागमनका कर्मचारी छन् । त्यसमध्ये १ जना नरवीर खड्का मात्रै पक्राउ परेका छन् ।

अध्यागमनका अधिकृत तथा कर्मचारीहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। पछि संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरेको थियो। सोमबार अनुसन्धान थालेका ५८ औं दिन भयो। ६० दिनभित्रमा जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ।

प्रहरीले भिजिट भिसामा सेटिङको आरोपमा अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान सुरु गरेसँगै अध्यागमनका कर्मचारी र प्रहरीवीचको विवाद कुटाकुटमा पुगेको छ। अध्यागमनका अधिकारीहरूले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर बढी चासो दिएको आरोप लगाएका छन्। गतसाता भिजिट भिसामा विदेश जान लागेका ८० जनाभन्दा बढीलाई २४ घण्टाभित्रमै फिर्ता गरिएको थियो। उनीहरुलाई फिर्ता गरिएको विषयमा पनि अध्यागमनका अधिकारीहरु रुष्ट बनेका थिए। प्रहरीले भने अध्यागमनका कर्मचारीले सेटिङमा पठाउन लागेको आरोप लगाएको छ। गत शुक्रबार अध्यागमनका अधिकृतको शरीर चेकजाँच गर्न खोजेपछि विमानस्थलभित्रै प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो।