अवैधरुपमा रक्सी बनाएर बेच्दा साउदी अरबमा ४ सयभन्दा बढी नेपाली जेलमा

साझासवाल
1 Min Read

माघ २९, काठमाडौँ | साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा ४ सयभन्दा बढी नेपाली श्रमिक जेल परेका छन् ।

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनका अनुसार हाल ४ सयभन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक सङ्ख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply