२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कम्पनीको लापर्बाहीले नेपालीको मृत्यु, ६ सयभन्दा बढी नेपालीहरुद्वारा आन्दोलन गरी काम ठप्प

२०८०, २० फाल्गुन आईतवार ०७:०९

फागुन २०, काठमाडौं | साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।

साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।


‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’

त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प पारेका छन् ।

बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् ।

नेपालबाट आउँदा ८ घण्टा २६ दिनको काम गर्नुपर्ने भनेर सम्झौता गरिएको भए पनि यहाँ १२ घण्टासम्म काम लगाउने र यस कम्पनीमा कार्यरत प्रायः सबै नेपाली बिरामी परेको उनले बताए । अहिले उनीहरूले कम्पनीको एचआरसँग पनि कुराकानी गरिरहेको र एचआरले पनि केही समय पर्ख घर जानेजतिलाई पठाउने भनेको उनले बताए । -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै