२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास

२०८०, २२ फाल्गुन मंगलवार ०८:००

फागुन २२, काठमाडौं | वैशाखमा इलाममा २ हुने उपनिर्वाचनको जति चर्चा छ, त्यहाँभन्दा बढी चर्चा छ– सुहाङ नेम्वाङको।

बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्।  एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ।

तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुहाङलाई नै उम्मेदवार बनाउने चाहना राखेर त्यो प्रयास अगाडि बढाएको हो।

रास्वपाका केही सांसदहरूका अनुसार सो पार्टीका केही नेताले सुहाङलाई पार्टीमा प्रवेश गराउने प्रयास निरन्तर गरिरहेका छन्। 

सुहाङ केही दिनअघि इलाम जानुअघि नै रास्वपाका केही नेताहरूले उनीसँग छलफल थालिसकेका थिए। तर, सुहाङले ‘बुवाको सपना पूरा गर्नेगरी मात्रै आफू राजनीतिमा आउने’ जवाफ फर्काए। 


‘युवाहरूकै सहभागितामा बनेको नयाँ दलमा सुहाङ नेम्वाङ पनि आउनुभयो भने काम गर्ने ट्युनिङ मिल्छ भनेर हाम्रो नेताहरूले चरण–चरणमा छलफल गर्नुभएको हो,’ रास्वपाका एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘उहाँले अहिलेसम्म त्यस्तो ठोस जवाफ दिइसक्नुभएको छैन।’

सुहाङलाई उठाउँदा एमालेसहितको भोट तान्न सकिने, उम्मेदवार पहिचानको समस्या टर्ने र जनजाति पहिचानवादीको भोट समेत तान्न सहज हुने रास्वपाको बुझाइ छ।

रास्वपालाई इलाममा उम्मेदवारको संकट छ। गत शनिबार मात्रै रास्वपाका सांसदहरू सोही निर्वाचन क्षेत्रका ६ वटा पालिका पुगेर फर्किएका थिए। 

‘युवा, जातीय सेन्टिमेन्ट, सुवासको लिगेसी लगायत सबै कारणले सुहाङलाई उठाउँदा जित्न सहज हुन्छ भन्ने हाम्रो बुझाइ हो,’ रास्वपाका ती नेताले भने।

चुनावी तयारीका लागि इलाम पुगेको रास्वपा टोलीले पनि सुहाङसँग भेट्ने प्रयास गरेको थियो। यद्यपि, उनी दमकमै रहेको जानकारी पाएपछि नभेटी रास्वपा टोली फर्किएको थियो।

विशेषगरी सांसद सोविता गौतमले सुहाङलाई रास्वपामा तान्ने प्रयास तीव्र बनाएकी छिन्। स्रोतका अनुसार उनले सुहाङलाई इलामबाट फर्किएपछि पनि टेलिफोन गरेकी छिन्। 

तर, सुहाङले ‘बुवाले लामो समय त्याग गरेको पार्टीभन्दा बाहिर बस्ने कुरा अहिले सोच्न नसकिने’ जवाफ दिएका छन्।

सुहाङले एमाले पार्टी नेतृत्वले इलामबाट निर्वाचनमा उम्मेदवार हुने अवसर दिएको खण्डमा आफूले खुट्टा नकमाउने बताएका छन्।

तर एमाले नेतृत्वले अहिलेसम्म सुहाङलाई टिकटबारे औपचारिक जानकारी गराएको छैन। यद्यपि पार्टी उच्च तहमा भने इलामको उपनिर्वाचनमा सुहाङलाई नै उठाउँदा सहज हुने राय नेताहरुले दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण