१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास

२२ फाल्गुन २०८०, मंगलवार ०८:००

फागुन २२, काठमाडौं | वैशाखमा इलाममा २ हुने उपनिर्वाचनको जति चर्चा छ, त्यहाँभन्दा बढी चर्चा छ– सुहाङ नेम्वाङको।

बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्।  एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ।

तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुहाङलाई नै उम्मेदवार बनाउने चाहना राखेर त्यो प्रयास अगाडि बढाएको हो।

रास्वपाका केही सांसदहरूका अनुसार सो पार्टीका केही नेताले सुहाङलाई पार्टीमा प्रवेश गराउने प्रयास निरन्तर गरिरहेका छन्। 

सुहाङ केही दिनअघि इलाम जानुअघि नै रास्वपाका केही नेताहरूले उनीसँग छलफल थालिसकेका थिए। तर, सुहाङले ‘बुवाको सपना पूरा गर्नेगरी मात्रै आफू राजनीतिमा आउने’ जवाफ फर्काए। 


‘युवाहरूकै सहभागितामा बनेको नयाँ दलमा सुहाङ नेम्वाङ पनि आउनुभयो भने काम गर्ने ट्युनिङ मिल्छ भनेर हाम्रो नेताहरूले चरण–चरणमा छलफल गर्नुभएको हो,’ रास्वपाका एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘उहाँले अहिलेसम्म त्यस्तो ठोस जवाफ दिइसक्नुभएको छैन।’

सुहाङलाई उठाउँदा एमालेसहितको भोट तान्न सकिने, उम्मेदवार पहिचानको समस्या टर्ने र जनजाति पहिचानवादीको भोट समेत तान्न सहज हुने रास्वपाको बुझाइ छ।

रास्वपालाई इलाममा उम्मेदवारको संकट छ। गत शनिबार मात्रै रास्वपाका सांसदहरू सोही निर्वाचन क्षेत्रका ६ वटा पालिका पुगेर फर्किएका थिए। 

‘युवा, जातीय सेन्टिमेन्ट, सुवासको लिगेसी लगायत सबै कारणले सुहाङलाई उठाउँदा जित्न सहज हुन्छ भन्ने हाम्रो बुझाइ हो,’ रास्वपाका ती नेताले भने।

चुनावी तयारीका लागि इलाम पुगेको रास्वपा टोलीले पनि सुहाङसँग भेट्ने प्रयास गरेको थियो। यद्यपि, उनी दमकमै रहेको जानकारी पाएपछि नभेटी रास्वपा टोली फर्किएको थियो।

विशेषगरी सांसद सोविता गौतमले सुहाङलाई रास्वपामा तान्ने प्रयास तीव्र बनाएकी छिन्। स्रोतका अनुसार उनले सुहाङलाई इलामबाट फर्किएपछि पनि टेलिफोन गरेकी छिन्। 

तर, सुहाङले ‘बुवाले लामो समय त्याग गरेको पार्टीभन्दा बाहिर बस्ने कुरा अहिले सोच्न नसकिने’ जवाफ दिएका छन्।

सुहाङले एमाले पार्टी नेतृत्वले इलामबाट निर्वाचनमा उम्मेदवार हुने अवसर दिएको खण्डमा आफूले खुट्टा नकमाउने बताएका छन्।

तर एमाले नेतृत्वले अहिलेसम्म सुहाङलाई टिकटबारे औपचारिक जानकारी गराएको छैन। यद्यपि पार्टी उच्च तहमा भने इलामको उपनिर्वाचनमा सुहाङलाई नै उठाउँदा सहज हुने राय नेताहरुले दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल