2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जेठी श्रीमतीले जेल हालिन्, निस्किनासाथ कान्छीले हत्या गराइन्

चैत ९, काठमाडौँ | कास्कीको मादी गाउँपालिका १ तउरेतीस्थित जंगलमा मृत फेला परेका सिन्धुपाल्चोकका रामबहादुर तामाङको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर चारै जना अभियुक्तलाई सार्वजनिक गरेको हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षीय तामाङको हत्या उनकै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। घरबाट सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर हिँडेका रामबहादुर फागुन ३० गते काठमाडौं आएका थिए। काठमाडौंबाट उनी साथीहरूसँगै कास्कीको सिक्लेसस्थित हाइड्रोपावर कम्पनीमा काम गर्न बाटो लागेका थिए। तर उनको शव चैत ३ गते सिक्लेस जंगलमा फेला परेको थियो। उनको टाउकोमा गम्भीर चोट देखिएको छ।  

हत्या अभियोगमा प्रहरीले उनीसँगै काम गर्न भनि हिँडेका धन लामा, नविन तामाङ भन्ने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको छ। उनकी कान्छी श्रीमती च्याङमा लामा तथा पेम्वा लामा भन्ने कान्छी लामा तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरेर कास्की लगिएको छ। उनीहरू चारजनाकै मिलेमतोमा हत्या भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

यसरी भयो हत्या

२०८० चैत ३ गते दिउँसो ११ बजे कास्कीको मादी गाउँपालिका १ तउरेती नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्ड नजिकै एक पुरुषको शव फेला पर्‍यो। अन्दाजी ३५/४० वर्षका पुरुषको शव बाटोभन्दा अन्दाजी ३० मिटर तल भिरमा थियो। टाउकोमा चोट लागेको अवस्थामा शव देख्ने व्यक्तिले प्रहरीलाई खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रदेश प्रहरी कार्यालय पोखराबाट अनुसन्धानमा टोली खटाइएको थियो।

मृतकको तत्काल पहिचान खुल्न नसकेपछि प्रहरी सुरुमा मृतकको परिचय खुलाउनतर्फ लाग्यो। बुझ्दै जाँदा ती सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षीय रामबहादुर तामाङ भएको खुल्यो। हत्या गरेर फालेको निस्कर्षसहित प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा पत्तान लगाउने प्रयास गर्यो। अनुसन्धान टोली नै गठन गरेर प्रमाण संकलनसँगै सीसीटीभी फुटेज लगायतबाट पनि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा प्रहरी हत्या आरोपीसम्म पुग्न सफल भयो।

रामबहादुर फागुन अन्तिम साता घर गएर बुबाआमासँग भेट गरी फर्किएका थिए। सुरुमा उनले सिन्धुपाल्चोककै मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनि निस्किएका थिए। तर पछि उनी काठमाडौं आए र यसबारे बाबुलाई पनि जानकारी गराएका थिए। फागुन ३० गते राति काठमाडौंबाट उनी साथीहरूसँगै सिक्लेसस्थित हाइड्रो पावरमा काम गर्नका लागि त्यसतर्फ लागेका थिए।

चैत १ गते चिप्ली भन्ने स्थानमा रहेको लाइक ट्राउट फार्म एण्ड रेस्टुरेन्टको सीसीटीभी फुटेजमा रामबहादुरसहित ४ जना पुरुषहरू जाँदै गरेको देखिएको थियो। तर घटनापछि उनीहरू फेला परेका थिएनन्। उनीहरू फरार भएपछि उनीहरूले नै हत्या गरेको आशंकामा खोजि गरिरहेको प्रहरीले उनीहरू तीनै जनालाई काठमाडौंमा फेला पारेको हो। 

श्रीमतीकै योजनामा हत्या

रामबहादुरको हत्या उनकै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। यसअघि जेठी श्रीमतीले उनलाई जेल पुर्‍याएकी थिइन्। रामबहादुर र कान्छी लामाबीच ५/६ वर्ष पहिलेबाट नै मनमुटाव रहेको खुलेको छ। उनीहरू पछिल्लो समय सम्बन्धमा खटपट भएपछि छुट्टा छुट्टै बस्ने गरेको पाइएको छ। उनले पहिले नै कान्छीसँग बिबाह गरे पनि जेठी श्रीमतीले भने २ वर्ष पहिले मात्रै थाहा पाएकी थिइन्। आफू हुँदाहुँदै कान्छी ल्याएको थाहा पाएपछि उनले उजुरी गरिन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी परेपछि उनी बहुबिबाहको कसुरमा जेल परेका थिए। ६ महिनाअघि जेलबाट निस्किएपछि पनि कान्छी श्रीमतीसँग उनको राम्रो हुन सकेन। जेठीसँग पनि सम्बन्ध बिग्रिएको थियो।

जेलबाट निस्किएपछि पनि पटक पटक कान्छी श्रीमतीसँग उनको झगडा परेको खुलेको छ। रामबहादुरसँग सम्बन्ध राम्रो हुन नसकेपछि कान्छी लामाले अलग हुने योजना बनाएको प्रहरी समक्ष बताएकी छन्। यसका लागि केही रकम खर्च गर्न पनि उनी तयार थिइन्। पछिल्लो समय उनी आरोपी मध्येकै धन लामासँग प्रेममा थिइन्। उनले यो कुरा धन लामालाई पनि जानकारी गराएकी थिइन्। धन लामा ५ वर्ष अगाडि सिन्धुपाल्चोकको हाइड्रोपावरमा रामबहादुरसँगै स्काभेटरको सहचालक थिए। काम गर्ने क्रममा धन लामालाई रामबहादुरले ढुंगाले टाउकोमा हानेको र त्यतिबेलादेखि नै आफूलाई रामबहादुरसँग रिस रहेको बताएका छन्।

आफूलाई पनि रिस रहेको र कान्छीले पनि यसलाई पन्छाउन परो कति खर्च गर्नुपर्छ म गर्छु भनेकाले हत्या गरेको बताएका छन्। चैत १ गते बाटोमा उनीहरू चारै जनाले रक्सी खाएका थिए। बाटोमा रामबहादुरले आफूलाई तथानाम गाली गरेको र त्यसपछि पछाडीबाट ढुंगाले टाउकोमा हानेको धन लामाले प्रहरीलाई बताएका छन्। त्यसपछि मुक्का प्रहार गरेको र चल्न चटपटाउन छाडेपछि घिसार्दै बाटोभन्दा तल लगेर खोल्सामा फालेको उनले बताएका छन्। रामबहादुरको साथमा भएको २ हजार रकम लिई अन्य सामान झाडीमा फालेका थिए।

त्यसपछि धन लामाले फोन गरेर कान्छी लामा तामाङलाई जानकारी गराएका थिए। उनले फोनमा घटनाबारे अन्य दुई जनाले पनि देखेको र उनीहरूको मुख टाल्नका लागि पैसा माग गरेका थिए। उनले पठाएको इ सेवामा कान्छी लामाले ९० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन्। धन लामाले काठमाडौं आएपछि उक्त रकम निकालेर छे दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार रुपैयाँ दिएका थिए। बाँकी ५० हजार रुपैयाँ आफैंसँग राखेका थिए। पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानसम्बन्धि कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई