By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 hour ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
1 hour ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
3 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
6 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > पत्रपत्रिकाबाट > रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर
पत्रपत्रिकाबाट

रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर

साझासवाल
Last updated: April 2, 2024 12:19 pm
साझासवाल
5 Min Read
Share

चैत २०, काठमाडौँ । अपहरण र हत्या घटनाको १५ वर्षपछि माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । हतियार र नगद चोरी गरेको भन्दै खाम नेतृत्वको समूहले व्यापारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप छ ।

सोही मुद्दामा केहीले सजाय काटेर जेलमुक्त भइसक्दा खाम पक्राउ परेका थिएनन् । घटनालगतै उनी फरार रहेका थिए । राजनीतिक संरक्षणका कारण खाम कसरी बचिरहेका थिए र घटना के थियो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा जनमुक्ति सेनाको तेस्रो डिभिजन थियो । कोटेश्वरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

जुन घर व्यापारी रामहरि श्रेष्ठको थियो । सम्पर्क कार्यालय कोटेश्वरबाट ०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल हरायो । घटना छानबिनका लागि भन्दै तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामले एक टोली बनाए ।

चितवनको शक्तिखोरमा रहेका थिए, खाम । उनले तत्कालीन ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालाको नेतृत्वमा छानबिन टोली गठन गरे ।

त्यो टोलीलाई काठमाडौंबाट केही मान्छे ‘उठाएर ल्याउन’ भन्दै पठाए । वैशाख १५ गते राति बटालासहितको टोली काठमाडौं आएर व्यापारी रामहरि श्रेष्ठसहितलाई अपहरण गरेर चितवन लगे  । अपहरण गर्ने टोलीमा केशव अधिकारी र गङ्गाराम थापा पनि थिए ।

अपहरण गरेर चितवन लगिएकाहरूलाई अपहरण गरेर लैजाने समूहका डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गरे । व्यापारी रामहरि श्रेष्ठले आफूले पैसा र पेस्तोल नलिएको बताए ।

तर, खामको निर्देशनमा ब्रिगेड कमान्डर बटालाले व्यापारी रामहरि श्रेष्ठमाथि कुटपिट गरे । ‘पैसा कहाँ छ ? पेस्तोल कहाँ छ ?’ भन्दै कुटपिट गर्दै सोधिरहे । मरणासन्न अवस्थामा पुगेपछि व्यापारी रामहरि श्रेष्ठ बेहोस भए ।

त्यसपछि उपचारका लागि गाडीमा हालेर अस्पताल लैजान लाग्दा रामहरि श्रेष्ठको बाटोमै ज्यान गयो । उपचारका लागि काठमाडौं ल्याइँदै थियो । नारायणगढ–मुग्लिङ सडकको भालुढुंगामा मृत्यु भयो ।

त्यसपछि उनको शव ब्रिगेड कमान्डर बटालाले नारायणी नदीमा फालिदिए । शव तन्नामा राखेर झोलुङ्गे पुलको बीचबाट नारायण नदीमा फालेको ब्यहोराको विवरण बटालाले प्रहरी र अदालतमा बयान दिएका थिए । यही विवरण घटनालगतै जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले प्रहरीमा पठाएको थियो।

घटनापछि रामहरि श्रेष्ठकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । शक्तिखोरमै रामहरि बन्धक रहेको समयमा सम्पर्क कार्यालय रहेको काठमाडौंको घरमा खोजी भएको थियो । श्रेष्ठको घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख भेटिएको थियो । र भर्‍याङ मुनि पेस्तोल फेला परेको थियो ।

तत्कालीन पत्रपत्रिकामा प्रकाशित समाचारका अनुसार भने रामहरि श्रेष्ठको मृत्यु वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आइसियुमा भएको थियो ।

घटनापछि प्रहरीको खामसहित अरू फरार भए । रामहरि श्रेष्ठसँगै काठमाडौंबाट लगिएका केशव अधिकारी, गङ्गाराम थापा अनि अर्जुन कार्की पनि फरार भए । थापा खामकै अङ्गरक्षक थिए ।

रामहरि श्रेष्ठको ज्यान गएपछि अपहरण गर्ने र कुटपिट गर्ने बटालाले कुटपिटको दोष केशव अधिकारी र गङ्गाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान दिए । फरार रहेका सवारी चालक पछि अदालतमा उपस्थित भए । उनले गाडी चलाउनेबाहेक काम आफूले नगरेको बताए ।

फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गर्यो‍ । ०६८ जेठ १७ गते बटालालाई ३ वर्ष कैद फैसला भयो ।

६ महिनापछि मङ्सिर २० गते सवारी चालकलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै केही रकम जरिवानाको फैसला सुनायो । उनी पुनरावेदन अदालत गएनन् ।

बटाला पुनरावेदनमा गए । चालक र बटाला दुवैलाई कम सजाय भयो भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो ।

शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले चालकमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो । तर, पुनरावेदनमा पनि त्यही फैसला भयो । त्यो बेलादेखिनै खामलाई भने ‘फरार’ बनाइएको थियो ।

व्यापारी रामहरि श्रेष्ठलाई कोटेश्वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्‍याउँदा, कुटपिट गर्दा र मरेपछि उनको शव त्रिशूलीमा फाल्दा विभिन्न कसुर आकर्षित हुन्थ्यो ।

तर, मुद्दाको अभियोजन गर्ने प्रहरी र सरकारी वकिलले अपहरण तथा शरीर बन्धक, कुटपिट र ज्यान मारेको मुद्दा नचलाई ‘कर्तव्य ज्यान’को अभियोगमा मात्रै मागदाबी गरेको थियो ।

यसरी अपराधलाई सङ्कुचित बनाउँदा अपहरणमा संलग्नहरूले उन्मुक्ति पाएका थिए । जसले गर्दा केशव अधिकारी र गङ्गाराम थापा मात्रै कुटपिटमा संलग्न भएको अर्थ लगाइयो । अरू ठुला नेताहरु बचेका थिए ।

त्यहीबापत पनि खाम अहिलेसम्म बच्न सफल भएका थिए । उनी खुलमखुला हिँडे पनि शत्ता र शक्तिको आडमा कानुनबाट बचिरहेका थिए । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

शिविरमा बसेका माओवादी कमान्डरहरूले घरमा बसेको व्यक्तिलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको घटनालाई प्रहरीले अपहरणका रूपमा विषयवस्तु नउठाएकोले मुद्दा कमजोर बनेको थियो । जसकारण फैसलामा ‘अपहरण’ शब्द भएन ।

जिल्लाबाट फैसला भइसकेपछि भने प्रहरीले कालीबहादुर खाम, बटालालगायतमाथि अपहरणको मुद्दासमेत चलायो । अपहरण तथा शरीर बन्धकको अभियोगको मुद्दा हाल पनि विचाराधीन छ ।

त्यही मुद्दामा अहिले खाम पक्राउ परेका छन् । खामविरुद्ध चिनियाँ व्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैयाँ लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ
Next Article युके पठाइदिने भन्दै ६ करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKपत्रपत्रिकाबाट

सन्धिखर्क नगरपालिकाको रनिङ्गशिल्डको उपाधि अर्घाखाँची आवसियलाई

57 years ago
पत्रपत्रिकाबाट

पेसागत सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

संविधान संशोधनको नयाँ प्रस्तावमा के छ ?

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

विप्लवलाई फकाउने प्रम ओलीको रणनीति !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?