<p><b>बैशाख ११, काठमाडौँ |</b> मलेसियामा नौसेनाको अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। दुर्घटना नौसेना आधार रहेको मलेसियाको लुमुटमा भएको हो।<br></p><p>दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए। हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ। हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।</p><p>मलेसियन नौसेनाका यी हेलिकप्टर रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।</p>
