२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पृथ्वीबाट हेर्दा गोलो देखिने चन्द्रमा वास्तवमा गोलो छैन, पढ्नुहोस् चन्द्रमाबारे १० तथ्य

२०८१, २१ बैशाख शुक्रबार ०८:५७

बैशाख २१, काठमाडौं | राति आकाशमा हेर्दा चन्द्रमा गोलो देखिन्छ । तर, के वास्तवमै चन्द्रमा गोलो छ त ? 

कसैले हो भन्छ भने ऊ गलत छ । किनकि, हामीले पृथ्वीबाट हेर्दा गोलो देखिने चन्द्रमा वास्तवमा अण्डाकार छ । आउनोस्, आज चन्द्रमाको १० तथ्यबारे जानौँ । 


१. चन्द्रमा गोलो छैन 

पूर्णिमाको दिन चन्द्रमा गोलो देखिन्छ । यथार्थमा उपग्रहका रूपमा चन्द्रमा कुनै भकुण्डोजस्तो गोलो छैन । यो अण्डाकार छ । 

चन्द्रमातिर हेर्दा यसको केही हिस्सा मात्रै देखिन्छ । यसका साथै चन्द्रमाको भार पनि यसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो ज्यामितीय केन्द्रबाट १ दशमलव २ माइल टाढा छ । 

२. चन्द्रमा कहिले पूरा देखिँदैन 

पृथ्वीबाट चन्द्रमाको बढीमा ५९ प्रतिशत भाग मात्र देख्न सकिन्छ । चन्द्रमाको ४१ प्रतिशत हिस्सा पृथ्वीबाट देखिँदैन । 

चन्द्रमाको ४१ प्रतिशत क्षेत्रमा पुगेर हेर्ने हो भने त्यहाँबाट पृथ्वी पनि देखिँदैन । 

३. ‘ब्लु मुन’ सँग चन्द्रमाको साइनो

चन्द्रमासँग जोडिएको ‘ब्लु मुन’ शब्द सन् १८८३ मा इण्डोनेसियाली द्वीप क्राकातोआमा भएको ज्वालामुखी विस्फोटसँगै प्रयोगमा आएको हो । यो पृथ्वीको इतिहासमा सबैभन्दा भीषण ज्वालामुखी विस्फोट थियो । 

यो विस्फोटको आवाज पश्चिमी अस्ट्रेलियास्थित शहर पर्थ, मोरिसससम्म सुनिएको थियो । विस्फोटपछि वायुमण्डलमा यसको राख यति धेरै फैलिएको थियो, त्यसकै कारण चन्द्रमा निलो देखिएको थियो । त्यसपछि नै यो टर्मको सुरुवात भएको मानिन्छ । 

४. चन्द्रमामा परमाणु हतियार प्रयोग गर्ने परियोजना

कुनै समय अमेरिकाले चन्द्रमा परमाणु हतियारको प्रयोग गर्ने कुरा सोचिरहेको थियो । यसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिबारे अवगत गराउनु थियो । 

यो गोप्य परियोजनाको नाम ‘ए स्टडी अफ लुनर रिसर्च फ्लाइट्स’ र प्रोजेकट ‘ए११९’ थियो । 

५. चन्द्रमाका गहिरा खाल्डा 

चीनको एक प्राचीन धारणाअनुसार, ड्रागनले सूर्यलाई निल्दा सूर्यग्रहण लाग्छ । यसको प्रतिक्रियामा चिनियाँहरू सकेजति स्वर निकालेर चिच्याउँथे । 

उनीहरूको मान्यतामा चन्द्रमाको खाल्डोमा एउटा भ्यागुतो बस्छ । तर, चन्द्रमामा रहेको इम्प्याक्ट क्रेटर अर्थात गहिरो खाल्डो आजभन्दा ४ अर्ब वर्षपहिले आकाशीय पिण्ड बजारिएर बनेको हो । 

६. पृथ्वीको रफ्तार सुस्त गरिरहेको छ चन्द्रमाले 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुनुलाई पेरिग्री भनिन्छ । यस क्रममा ज्वार–भाटाको स्तर सामान्यभन्दा धेरै बढ्छ । यस बेला चन्द्रमाले पृथ्वीको घुम्ने शक्ति पनि कम गरिदिन्छ, जसकारण पृथ्वी हरेक एक शताब्दीमा १ दशमलव ५ मिलिसेकेण्ड सुस्त भइरहेको छ । 

७. चन्द्रमाको प्रकाश 

पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । पुरनमासीको एक चन्द्रमाबाट सूर्यबराबर प्रकाश निस्कन ३ लाख ९८ हजार १ सय १० चन्द्रमाको आवश्यकता पर्छ । 

चन्द्र ग्रहण लाग्दा चन्द्रमा पृथ्वीको छायामा आउँछ । यसबेला चन्द्रमाको सतहको तापमान ५ सय डिग्री फरेनहाइटसम्म झर्छ । यो प्रक्रियामा ९० मिनेटभन्दा कम समय लाग्छ । 

८. लियोनार्दो दा भिन्सीले पत्ता लगाएका थिए 

कहिलेकाहीँ चन्द्रमा एउटा रिङजस्तो देखिन्छ । यसलाई हामी अर्धचन्द्र वा बालचन्द्र पनि भन्छौँ । यस्तो अवस्थामा चन्द्रमा सूर्यजस्तै चम्किरहेको देखिन्छ । चन्द्रमाको बाँकी हिस्सा धेरै कम देखिन्छ । मौसम ठीकठाकै रहेको अवस्थामा मधुरो देखिन पनि सक्छ । 

ज्ञात इतिहासमा लियोनार्दो दा भिन्सी चन्द्रमा चाउरिएको वा फैलिएको नभएर यसको केही भाग हाम्रो नजरबाट ओझेलमा रहेको पत्ता लगाउने पहिलो व्यक्ति थिए । 

९. चन्द्रमाको क्रेटरको नाम कसले राख्छ ? 

इन्टरनेसनल एस्ट्रोनोमिकल युनिटले चन्द्रमाको खाल्डो मात्र होइन, कुनै पनि खगोलीय चीजको नामाकरण गर्छ । चन्द्रमाको क्रेटर्स (विस्फोटले बनेका खाल्डा) को नाम गनेमानेका वैज्ञानिक, कलाकार वा अन्वेषकको नाममा राखिन्छ । 

अपोलो क्रेटर र मेयर मस्कोभिन्स (मस्कोको समुन्द्र) नजिकैको क्रेटर्सको नाम अमेरिकी र रुसी अन्तरिक्षयात्रीको नाममा राखिएको हो । 

मेयर मस्कोभिन्सलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । चन्द्रमाको बारेमा अझै पनि मान्छेले धेरै कुरा जान्न बाँकी नै छ । एरिजोनाको लोवेल अब्जर्भेट्री अफ फ्लेगस्टाफले सन् १९८८ मा चन्द्रमाको बारेमा सर्भेक्षण गरेको थियो । जसमा भाग लिएका १३ प्रतिशत सहभागीले चन्द्रमा पनिरले बनेको हुन सक्ने बताएका थिए । 

१०. चन्द्रमाको रहस्यमयी दक्षिणी ध्रुव

चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रलाई रहस्यमयी मानिन्छ । नासाका अनुसार, यस क्षेत्रमा गहिरो खाल्डाहरू प्रशस्त छन् । पर्वतहरू छन् । त्यहाँ सूर्यको प्रकाश अर्बौं वर्षदेखि पुगेको छैन । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ