2026-06-17 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जब ऋणमा डुबेका श्रमिकले खानी खोतल्दा ८० लाखको हिरा फेला पारे ..

साउन १०, काठमाडौँ ।  एक भारतीय श्रमिकको भाग्य रातारात बदलिएको छ। 

मध्यप्रदेशको एक खानीमा काम गर्ने क्रममा उनले ठूलो हिरा भेट्टाएका हुन्। 

उनले खोतलेको १९.२२ क्यारेटको हिराले सरकारी लिलामीमा ८० लाख भारु मूल्य पाएको बीबीसीले जनाएको छ। 

राजु गौण्ड नामका ती श्रमिकले पन्ना सहरमा १० वर्षयता खानी भाडामा लिएर हिरा खोज्दै आएका थिए। 


पन्नालाई हिरा खजाना भएको सहरका रुपमा लिइन्छ। त्यहाँ मानिसहरुले सरकारसँग खानी भाडामा लिएर हिराको खोजी गर्ने गरेका छन्। 

पन्नामा भारत सरकारको राष्ट्रिय खनिज विकास निगमले हिरा खानी परियोजना सञ्चालन गराउँछ। यसमा व्यक्ति, परिवार र सहकारी समूहले पनि कम गहिराइमा उत्खनन गर्न पाउँछन्। जब हिरा भेटिन्छ, सरकारी हिरा कार्यालयमा बुझाइन्छ। सोही कार्यालयले हिराको मूल्यांकन गर्छ। 

२ सयदेखि साढे २ सय रुपैयाँसम्ममै खानी भाडामा लिन पाइने एक सरकारी अधिकारी बताउँछन्। सन् २०१८ मा एक श्रमिकले डेढ करोड भारु मूल्यबराबरको हिरा फेला पारेका थिए। तर सधैँ यतिका मूल्यवान् हिरा भने भेटिँदैनन्। 

गौण्डका अनुसार उनका बुबाले २ महिनाअघि मात्र उक्त खानी भाडामा लिएका थिए। मनसुन सिजनमा उनीहरुले खानी लिएर हिरा खोज्ने गरेका छन्। 

गौण्डका अनुसार उनीहरु गरिब छन् र अन्य कुनै आयस्रोत पनि छैन। सोही कारण हिरा खोज्ने गरेको उनी बताउँछन्। 

उनले मानिसहरुले हिरा भेट्टाएको सुनेका थिए। एक दिन आफूले पनि फेला पार्ने आशमा खानीमा काम गरिरहेका थिए। बुधबार बिहान पनि सधैँझैँ हिरा खोज्न गएका थिए। भाग्य उनको पक्षमा थियो। मूल्यवान् हिरा फेला पारे। 

फेला पारेको हिरा सरकारी कार्यालयमा बुझाएका थिए। जुन हिरा अर्को पटक लिलाम बढाबढमा बिक्री हुनसक्ने सरकारी कार्यालयले जनाएको छ। बिक्रीपछि गौण्डले सरकारी रोयल्टी र करकट्टापछि उनको रकम पाउनेछन्। 

त्यो रकमले राम्रो घर बनाउने, छोराछोरी पढाउने र ५ लाख ऋण तिर्ने उनको योजना छ। उक्त रकम आफूसँगै बस्ने १९ आफन्तलाई भाग लगाउने उनको भनाइ छ। उनी फेरि खानीमा हिरा खोज्न जाने तरखरमा छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ