न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/>
१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सौर्यको जहाज दुर्घटनाबारे न्युयोर्क टाइम्सले लेख्यो– दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुइटा ह्याट’

११ श्रावण २०८१, शुक्रबार ०६:२३

साउन ११, काठमाडौँ । नेपालमा बुधबार १८ जनाको मृत्यु भएको विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा जारी छ । अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ ।

उक्त पत्रिकाले प्रत्येक नयाँ दुर्घटना पछि, अन्वेषकहरूले मौसम, कठिन भू-भाग, ‘ओभर वर्कड’ पाइलट तथा पुरानो विमानलाई दोष दिंदै आएको तर मूल समस्यालाई सम्बोधन नगरिएको जनाएको छ ।

 त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

साथै पत्रिकाले ‘एउटा टाउकोमा दुइटा ह्याट’ हुँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै जनाएको छ ।


समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, “प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?”

उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले युरोपेली संघले राष्ट्रिय वायुसेवा निगम नेपाल एयरलाइन्सलगायत देशका वायुसेवालाई एक दशकभन्दा बढी समयदेखि प्रतिबन्ध लगाएको बताएका छन् । भारत, चीन र खाडी राष्ट्रजस्ता देशले त्यसो गरे, नेपालका लागि ठूलो घाटा हुने बताएका छन् । साथै उनले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालको कमजोर रेकर्डले यसको उड्डयन उद्योगलाई बाहिरी संसारबाट थप कटौती गर्ने र राष्ट्रलाई महत्त्वपूर्ण पर्यटन स्ट्रिमबाट वञ्चित गर्ने खतरा रहेको समेत पत्रिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ नेपालका छिमेकि राष्ट्र भारत र चीनलाई १००% कर लगाउने नेटो संगठनको चेतावनी , नेपालमा कस्तो प्रभाव पर्ला ? काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’ ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने जसपा नेपालले फिर्ता लग्यो सरकारलाई दिएको समर्थन सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला नेप्से परिसूचकमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ,५५ कम्पनीको मूल्य घट्यो “त्रिवि क्रिकेट मैदानको निर्माण ढिलाइ: ठेकेदार कम्पनीलाई दैनिक लाखौं हर्जाना” एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा मेयर साह घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला