२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

माओवादी, एस र जसपाबीच एकताको प्रयासः प्रचण्डको माधवलाई भावी प्रधानमन्त्रीको अफर

२०८१, ३० श्रावण बुधबार ०६:००

साउन ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाल तीनवटा पार्टी एकता प्रक्रियामा रहेको बताइएको छ । पछिल्लो साता उक्त चर्चाले राजनीतिक बजारलाई तताए पनि यी तीन पार्टी मिल्ने ठोस आकार भने लिइसकेको छैन ।

तर, एसका नेताहरूसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने छलफल गरिरहेका छन् । एस स्रोतका अनुसार प्रचण्डले अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग निरन्तर छलफल गरिरहेका छन् । यद्यपि, यसमा एसका महासचिव घनश्याम भुसालको सहभागीता भने छैन ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्दर्भमा केही प्रगति भएको स्रोतको दाबी छ । विगतमा हल्ला बढी भएको थियो, अहिले एकताका लागि केही प्रगति भएको एस स्रोतको भनाइ छ । पत्सँरकारगको कुराकानीमा माधव नेपालनिकट स्रोतले भन्यो, 'अहिले झन्डै ७० प्रतिशत प्रगति भएको छ । तर, विषयवस्तु अन्तिम टुंगोमा पुगेको छैन । संभवतः एकता हुन्छ होला, तर एकता हुँदा उपेन्द्र यादवसहित हुन्छ ।'


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभन्दा बाहिरको राजनीतिक वृत्त मात्र होइन, पार्टीभित्रै पनि घेराबन्दीमा परेका छन् । उनी राजनीतिक रूपमा यतिधेरै कमजोर अवस्थामा संभवत पहिलोपटक पुग्दै छन् । पार्टीका हरेक मोर्चा र नेताले प्रश्न उठाउन थालेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर अब त नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् । पार्टीभित्र नै विकल्प खोजिन थालेको अवस्था र बाह्य राजनीतिक प्रभाव पनि कमजोर भएका कारण प्रचण्ड बलियो बन्ने खेलमा छन् ।

त्यही खेलका क्रममा एकताको चर्चा भएको बताइएको छ । प्रचण्डले खुमलटारमा भेट गरेपछि एसका एक नेताले प्रचण्डको उदासपन र विरक्तिबारे पार्टीका केही निकट नेताहरूलाई सुनाएका थिए । एस स्रोतका अनुसार प्रचण्ड पछिल्ला दिनमा निकै तनावमा रहेको देखिएका छन् ।

यता, माधव नेपाल पनि पार्टी जोगाउनुपर्ने बाध्यतामा छन् । प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्यपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डर नेपालको छ । नेपाल, खनाल र भुसालचाहिँ एमाले अध्यक्ष ओलीसँग सहजै मिल्ने अवस्थामा छैनन् ।

हुन त, राजेन्द्र पाण्डेसहितको एउटा टोली माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् । तर, पार्टी एमालेमा बुझाउने भन्दा माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने रहरमा नेपाल र खनाल छन् । स्रोतका अनुसार त्यस्तो अवस्थामा वामदेव गौतम र भीम रावललाई पनि समेट्न सकिने आँकलन रहेको छ । त्यसैले, पार्टी एकतापछिक माओवादी पार्टीको नाम परिवर्तन र नेतृत्वको विषयमा पनि छलफल हुन थालेको छ ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई संसदीय दलको नेताको अफर गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने गरी संसदीय दलको नेता बन्न अफर गरेका कारण नेपाल पनि सकरात्मक रहेका छन् । तर, नेपालले उपेन्द्र यावदलाई पनि साथ लिनुपर्ने तर्क गरेका छन् । यादवलाई पनि पार्टी जोगाउन हम्मेहम्मे परेको छ । त्यस्तो अवस्थामा एकतामा आउन पनि सक्ने अनुमान रहेको छ । तर, उनको व्यवस्थापन भने निकै सकस रहेको पनि चर्चा भइरहेको छ । त्यसैले, तीन पार्टीबीच एकताको प्रयासले गति लिए पनि निर्णयमा पुग्न सकिरहेको छैन । -शिलापत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण