माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियो जन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियो जन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करो"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा पौने २३ करोड बजेट थप, सबै रकम सडकमा

२०७३, १२ माघ बुधबार ०८:०९

माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियोजन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करोड दश लाख र २७ पुस निकासा नं. १६८ बाट एघार करोड ७८ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । 

अर्थमन्त्रालयबाट निकासा गरिएको सबै रकम सडकमा खर्च गरिने भएको छ । निकासा नं. १५५ मा १४ शीर्षकमा जिल्लाका विभिन्न सडकहरुलाई रकम निकासा गरिएको छ । जसमा सबैभन्दा धेरै लोक मनहरी–पुर्खे सुनार शहीद मार्ग र सुलीचौर गुम्चाल हार्जङरी गाम हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडकका लागि समान एक करोड पचास लाख रकम निकासा गरिएको छ । 

त्यस्तै निकासा नं. १६८ अन्तर्गत १८ शीर्षकमध्ये सबैभन्दा धेरै बुढागाउँ–जुँगार गैरीगाउँ–तिला मोटरबाटो र जङ्कोट–बुडहर –कुरेली–मिरुल सडकका लागि समान एक करोड पचास लाखको निकासा रहेको छ ।

रोल्पा पुगेर अर्थमन्त्री महराले रोल्पालाई मन खोलेर बजे ट विनियोजन गर्ने बताउनुभएको थियो । के ही मागका फाइल अगाडि बढिसकेका र अरु पनि अगाडि बढ्ने आश्वासन दिँदै महराले जिल्लामा विनियो जन गरिएका सबै बजेट समयमै खर्च गर्न आग्रह गर्नुभएको थियो । 

उहाँको बोलीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । पर्याप्त बजेट विनियो जन गरिए पनि काम नहुने र अन्ततः फ्रिज भएर जाने समस्या भएको भन्दै सभामुख ओनसरी घर्ती मगरले त्यसको खबरदारी दल तथा जनताले गर्नुपर्ने बताउनुभएको थियो ।

बाटो बनाउन सेना परिचालन

उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको सुलीचौर –गाम सडकखण्डमा रहेको शिरक्याङ भीर फोर्न आफूले नेपाली सेनालाई आग्रह गरेको बताउनुभयो । ‘मैले प्रधानसेनापतिलाई बोलाएरै भनेको छु’– उपराष्ट्रपति पुनले भन्नुभयो – ‘शिरक्याङ भीर फोड्न अब धेरै समय लाग्नेछैन ।’ -नयाँ युगबोध राष्ट्रिय दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा