कतारमा एक नेपालीको मृत्यु

Posted on: 20 Feb, 2017

फागुन ९, राजविराज | वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । 

जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । 

टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् । 

यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!