२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै, यस्तो छ अवधारणामा

२०७३, १६ फाल्गुन सोमबार ०२:३९

फागुन १६, काठमाडौँ | काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन् ।  स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो  ।  हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पनि स्थानीय तहको पुनः संरचनासँगै १६ वटामा कायम हुनेछन् ।

उपत्यकामा भएका १६ वटा नगरपालिकाको एकीकृत विकास र समन्वय गर्न मूल संरचना आवश्यक भएको आयोगले महसुस गर्दै एउटै संरचनाभित्र सबै नगरपालिका अटाउने गरी आयोगले सरकारलाई प्रस्ताव गर्न लागेको हो ।

स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको कार्यादेश (टीओआर)मा काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका निम्ति उपयुक्त संरचना निर्माणका लागि सुझाव दिनुपर्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप आयोगले उपत्यकाको एकीकृत विकासका लागि एउटै संरचना निर्माण गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

आयोगका सदस्य निरज शाहले भन्नुभयो, “उपत्यकामा रहेका १६ नगरपालिकाको छाता सङ्गठन काठमाडौँ मेट्रो सिटी रहनेछ ।  मेट्रो सिटीले उपत्यकामा रहेका १६ वटा नगरपालिकाको समन्वय गर्नेछ । ”

उहाँका अनुसार मेट्रो सिटीले खासगरी १६ वटै नगरपालिकाको पूर्वाधार विकास र नीति निर्माण गर्नेछ ।   उपत्यकामा रहेका सबै नगरपालिका उक्त मेट्रो सिटीको मातहतमा रहनेछन् ।   नगरपालिकाभित्र बन्ने सडकको मापदण्ड, पर्यटकीय स्थानको छनोट, फोहोरमैलाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी, पुल, शिक्षालय, यातायात, उत्पादनयोग्य जमिनको संरक्षण र ऊर्जाको विकासका लागि समन्वयको काम मेट्रो सिटीले गर्नेछ ।

मेट्रो सिटीले पूर्वाधार निर्माण गर्दा दिगोपन र सबैलाई स्वीकार्य हुने गरी नीति निर्माण गर्ने र आवश्यक स्रोतको समेत खोजी गर्नेछ ।

मेट्रो सिटीमा निर्वाचित व्यक्तिको परिषद् बन्नेछ र उपत्यकामा सबै नगरपालिका उक्त परिषद्का सदस्य रहने गरी आयोगले प्रस्ताव तयार गरिरहेको छ ।

उपत्यका नेपालको राजधानी भएको र यहाँ भएका केही नगरपालिका आर्थिक पूर्वाधारको दृष्टिले सम्पन्न छन् भने केही विपन्न रहेका छन् ।  कतिपय नगरपालिका प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न भएकाले सबै नगरपालिकाको समानुपातिक विकासका लागि एउटै छाता सङ्गठन आवश्यक भएकाले आयोगले सोही अनुरूपको संरचना रहने गरी प्रस्ताव तयार गर्न लागेको हो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं आयोगका सदस्य डोरमणि पौडेल सबै नगरपालिका संविधानअनुरूप आफ्नै ढङ्गबाट सञ्चालन हुने भए पनि नगरपालिकाको एकीकृत विकास भने मेट्रो सिटीले गर्नेछ ।  अन्य देशमा मेट्रो सिटी रहेको र नेपालमा पनि सबै नगरपालिकाको एकीकृत समन्वयात्मक विकासका लागि मेट्रो सिटी निर्माणको प्रस्ताव गर्न लागिएको हो । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा