१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै, यस्तो छ अवधारणामा

१६ फाल्गुन २०७३, सोमबार ०२:३९

फागुन १६, काठमाडौँ | काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन् ।  स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो  ।  हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पनि स्थानीय तहको पुनः संरचनासँगै १६ वटामा कायम हुनेछन् ।

उपत्यकामा भएका १६ वटा नगरपालिकाको एकीकृत विकास र समन्वय गर्न मूल संरचना आवश्यक भएको आयोगले महसुस गर्दै एउटै संरचनाभित्र सबै नगरपालिका अटाउने गरी आयोगले सरकारलाई प्रस्ताव गर्न लागेको हो ।

स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको कार्यादेश (टीओआर)मा काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका निम्ति उपयुक्त संरचना निर्माणका लागि सुझाव दिनुपर्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप आयोगले उपत्यकाको एकीकृत विकासका लागि एउटै संरचना निर्माण गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

आयोगका सदस्य निरज शाहले भन्नुभयो, “उपत्यकामा रहेका १६ नगरपालिकाको छाता सङ्गठन काठमाडौँ मेट्रो सिटी रहनेछ ।  मेट्रो सिटीले उपत्यकामा रहेका १६ वटा नगरपालिकाको समन्वय गर्नेछ । ”

उहाँका अनुसार मेट्रो सिटीले खासगरी १६ वटै नगरपालिकाको पूर्वाधार विकास र नीति निर्माण गर्नेछ ।   उपत्यकामा रहेका सबै नगरपालिका उक्त मेट्रो सिटीको मातहतमा रहनेछन् ।   नगरपालिकाभित्र बन्ने सडकको मापदण्ड, पर्यटकीय स्थानको छनोट, फोहोरमैलाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी, पुल, शिक्षालय, यातायात, उत्पादनयोग्य जमिनको संरक्षण र ऊर्जाको विकासका लागि समन्वयको काम मेट्रो सिटीले गर्नेछ ।

मेट्रो सिटीले पूर्वाधार निर्माण गर्दा दिगोपन र सबैलाई स्वीकार्य हुने गरी नीति निर्माण गर्ने र आवश्यक स्रोतको समेत खोजी गर्नेछ ।

मेट्रो सिटीमा निर्वाचित व्यक्तिको परिषद् बन्नेछ र उपत्यकामा सबै नगरपालिका उक्त परिषद्का सदस्य रहने गरी आयोगले प्रस्ताव तयार गरिरहेको छ ।

उपत्यका नेपालको राजधानी भएको र यहाँ भएका केही नगरपालिका आर्थिक पूर्वाधारको दृष्टिले सम्पन्न छन् भने केही विपन्न रहेका छन् ।  कतिपय नगरपालिका प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न भएकाले सबै नगरपालिकाको समानुपातिक विकासका लागि एउटै छाता सङ्गठन आवश्यक भएकाले आयोगले सोही अनुरूपको संरचना रहने गरी प्रस्ताव तयार गर्न लागेको हो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं आयोगका सदस्य डोरमणि पौडेल सबै नगरपालिका संविधानअनुरूप आफ्नै ढङ्गबाट सञ्चालन हुने भए पनि नगरपालिकाको एकीकृत विकास भने मेट्रो सिटीले गर्नेछ ।  अन्य देशमा मेट्रो सिटी रहेको र नेपालमा पनि सबै नगरपालिकाको एकीकृत समन्वयात्मक विकासका लागि मेट्रो सिटी निर्माणको प्रस्ताव गर्न लागिएको हो । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट