१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् ठगीका २३ कर्मचारीविरुद्ध सवा दुई करोडको मुद्दा

१९ फाल्गुन २०७३, बिहीबार ०१:३०

फागुन १९, काठमाडौं । मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा १५ व्यवसायीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष कैद सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दामा ५० प्रतिशत थप सजाय हुन्छ । 

मिटर उल्टो घुमाएर ठगी गरेको आरोपमा मिटररिडर र सुपरभाइजर गरी प्राधिकरणका १५ कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मिलेमतोमा विद्युत् चोरीको आरोप लागेका सात व्यवसायीसमेत पक्राउ परेका छन् । फरार आठ कर्मचारी र आठ व्यवसायीलाई समेत प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको छ ।

प्रहरीले २३ कर्मचारी सबैको बिगो दाबी एउटै कायम गरेको छ । व्यवसायीलाई भने फरक–फरक बिगो दाबी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।

महिनामा लाखौ रुपैयाँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटररिडरहरूले मिटरको सुई उल्टो घुमाएर राज्यलाई ठगी गर्दै आएका थिए । कमिसन लिएर कर्मचारीले मिलेमतोमा बर्षौदेखि प्राधिकरणलाई करोडौ नोक्सान पुर्‍याउँदै आएका थिए । प्रहरीका अनुसार अनुसन्धानमा सयौ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको खुलेको थियो ।

नौ सय मेगावाट बिजुलीमध्ये २६ प्रतिशत अर्थात् दुई सय ४० मेगावाट चुहावट भइरहेको विद्युत् प्राधिकरणको तथ्यांक छ । चुहावट भएकोमध्ये करिब आधा बिजुली चोरी हुने गरेको छ । एक वर्षमा करिब सात अर्ब रुपैयाँबराबरको बिजुली चोरी हुने गरेको छ । 

धेरै विद्युत् खपत हुने उद्योगहरूमा कर्मचारीकै मिलेमतोमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको हो । तर, केही महिनायता विद्युत् प्राधिकरणले विद्युत् चोरीविरुद्ध कारबाही तीव्र बनाएको छ ।

बिजुली चोरी नियन्त्रणबाट १ अर्ब २५ करोड उठ्यो

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट १ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । चुहावट हुँदै आएको बिजुलीको बिलिङ गरेर चालू आवको बाँकी अवधिमा थप एक अर्ब २५ करोड उठ्ने देखिएको छ, योसँगै चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणलाई २ अर्ब ५० करोड रुपैयाँ थप आम्दानी हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको उनले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट