Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रोल्पामा अर्थमन्त्री महाराले ६६ करोड रुपैयाँ थप पठाए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १९, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन्। रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ४६ लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक आयोजनाका लागि हो। बाँकी ४३ करोड रुपैयाँ भने वर्षको बीचमा नयाँ कार्यक्रम बनाएन खर्च गर्न पठाइएको हो।</p><p>जिल्ला विकास समिति रोल्पाका प्रवक्त रामकुमार न्यौपानेले पहिले २२ करोड ७० लाख र पछि करिब ४३ करोड रुपैयाँ थप बजेट आएको जानकारी दिए।</p><p>उनका अनुसार पहिला आएको बजेट करिब २३ थप बजेट गाविस जोड्ने ग्रामीण सडका योजना र स्थानीय पूर्वाधार तथा यातायात गरी ३२ वटा सडक योजनामा खर्च गरिनेछ। बाँकी बजेट् पनि सडक निर्माण कार्यका लागि नै आएको हो। स्थानीय विकास मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्रीले यी योजनाका लागि बजेट हाल्न निर्देशन दिएका हुन्। यी योजनाका लागि चालु बजेटमा करिब ४ करोड रुपैयाँ बिनियोजन गरिएको थियो। सो रकम खर्च भइसकेको छैन। वर्षको बीचमा यस्ता योजनाका लागि रकम थप गर्नु उचित नहुने पनि ती अधिकारीले बताए। ती अधिकारीका अनुसार थप रुपैयाँ काम गरेपछि भुत्तानी दिने सुनिश्चित गरी दिइएको हो। – नागरिक दैनिक&nbsp;</p>