फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेक"/>
२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्णय बनाउँछ, भूकम्पपीडित ऋण काढेर घर बनाउँछन्

२१ फाल्गुन २०७३, शनिबार ०१:४४

फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । 

तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।  

नीलकण्ठ नगरपालिका-९ का प्रवलबहादुर दुवाडीले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरूप पाउने रकमको पहिलो किस्ता मंसिरमा लिनेबित्तिकै घर निर्माण सुरु गरे । घरको जग हालेपछि दोस्रो किस्ता दिने भनेर प्रचार गरिए पनि उनले पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएपछि अन्योलमा परेका छन् ।

प्रवलबहादुरले भने, ‘घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ÷छैन बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार नै बनाइएको छ, हेर्न इन्जिनियर पनि आएका छैनन्, फोटो खिचेर नगरपालिकामा पनि बुझाइयो तर पैसा पाउने कहिले होे कहिले केही थाहा छैन ।’

नीलकण्ठ-९ कै सुमन दुवाडीले पनि सरकारी मापदण्डअनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी नयाँ घर बनाइसकेका छन् तर उनको घरको मूल्यांकन गरिपाऊँ भनेर नगरपालिकामा निवेदन दिएको २ महिना भइसके पनि न मूल्यांकन भएको छ न त उनले दोस्रो किस्ताको रकम पाउने टुंगो नै लागेको छ । सुमनले भने, ‘अनुदानकै पैसामा भर परेर घर बनाइयो, पहिलो किस्ता बल्लबल्ल पाए पनि दोस्रो किस्ता कहिले हो कहिले ? घर बनाउने मिस्त्रीलाई ज्याला र काठपात खरिद गर्न पनि १५ प्रतिशत ब्याजदरमा साना किसान सहकारीबाट ऋण निकालेको छु, अब दोस्रो किस्ता लिँदा त ब्याजै तिर्न नपुग्ने पो हो कि भन्ने अवस्था भइसक्यो ।’

उत्तरी धादिङको सत्यदेवी गाविसका सोमबहादुर तामाङले पनि तालिम लिएको र रेडियो टिभीमा देखिएको भूकम्प प्रतिरोधी घरको प्रचारप्रसारकै भरमा तालिम प्राप्त सिकर्मी-डकर्मी लगाएर घर बनाउन थालेका छन् । घर बनाउँदै गर्दा माटो मुछिरहेका बेला उनले प्रश्न गरे, ‘जग पूरा हुनेबित्तिकै दोस्रो किस्ता आउँछ भन्थ्यो, हाम्रो त छाउन मात्रै बाँकी छ । दोस्रो किस्ता पाउन पाए जस्ता किनेर छाउन हुन्थ्यो । कहिले दिन्छ होला ? ‘

सोमबहादुरको मात्र होइन, पहिलो किस्ता लिएर घर बनाउन थालेका धादिङका ग्रामीण क्षेत्रका अधिकांश भूकम्पपीडितले गर्ने साझा प्रश्न हो यो । नलाङका वीरबहादुर सिलवालले भने, ‘पहिलो किस्ताले जग खनियो, ऋण खोजेर गारो तुरियो । अब सरकारले दिने भनेको दोस्रो किस्ता नपाएसम्म घर छाउने उपाय छैन ।’

घरको जग हालिसकेका भूकम्प प्रभावितले दोस्रो किस्ता छिट्टै पाउने खबरले खुसी भएकाहरू घर सम्पन्न भइसक्दासमेत दोस्रो किस्ता उपलब्ध नगराउँदा निरास बनेका छन् । जनताको आवश्यकताभन्दा आआफ्नै दुनो सोझ्याउने काम गर्न र आफूअनुकूल काम गराउनका लागि प्राधिकरण प्रमुख फेर्नचाहिँ सरकार लागिपरेकाले भूकम्पपीडितको वेदनामा सरकार गम्भीर नभएको भन्दै स्थानीय आक्रोशितसमेत भएका छन् ।

निजी आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार लिएर घर निर्माण गरिरहेकाहरूले जतिसक्दो चाँडो दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् । कुम्पुर-२ का भीमसेन मगरले भने, ‘अर्को किस्ता चाँडै आइहाल्छ भनेर घर बनाउन थालियो, आधा काम सकिएको छ, अहिले तत्काल पैसा पाइएलाजस्तो छैन । ऋणसमेत नपाएपछि घर बनाउने काम रोकिएको उनले गुनासो गरे । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो