३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेता कहाँको मतदाता ?

२७ चैत्र २०७३, आईतवार ०२:०२

चैत २७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं। १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका-२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ । 

प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका(६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका-१२, झापामा छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका-९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका ३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका १, गोरखामा छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली विराटनगर उपमहानगरपालिका १४, मोरङमा छ । उनले विराटनगरबाटै मतदान गर्न पाउनेछन् ।

- नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ