वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी चर्चाको लागि नयाँ शक्ति नेपालले गर्यो – यस्तो नाटक

२०७४, २३ बैशाख शनिबार ०२:४४

वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो । 

पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो । बिहिबार नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले निकालेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाएको छ ।

गिरी दुई दिन अघि बेलका ७ बजे नयाँ बजारबाट अपहरणमा परेको र  उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो ।

अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए । उनले आफू गोकर्णेश्वरको जंगल नजिकै रहेको र हतियारधारी समूहले आफ्नो अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार गर्‍यो ।

‘प्रहरीले भेट्दा जीउभरी हिलो थियो, हातमा पनि सानो चोट थियो’, काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले भने,‘उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे ।’

तर प्रहरीले टेकुमा रहेको परिसरमा ल्याएर सोधपुछ गर्दा दृश्य फेरियो । प्रहरीले पाएको प्रारम्भीक जानकारी र उनले दिएको जानकारी मिलेन । प्रारम्भमा उनले चार जना युवतीले अपहरण गरेको दाबी गरेका थिए । बयानमा उनको दाबी मिलेन । बयानमा उनी जंगलमा लगेर राखेको बताए पनि उनी एक परिचित घरमा बसेको खुल्यो ।

घटना नाटकीय देखेपछि प्रहरीले केरकार बढायो अनि बल्ल खुल्यो- उनको अपहरण भएकै होइन उनी आफैंले अपहरणको नाटक गरेका  थिए ।

प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको थियो । तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेद्वार बनेपछि पार्टीले अन्य उम्मेद्वारलाई सहयोग गर्नुपर्ने भन्दै ७ लाख रूपैयाँ मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन् । – नागरिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ